नयाँ रेन्जरोभर इलेक्ट्रिक र ज्यागुअर ईभी लन्च हुन किन भइरहेको छ ढिलाई ?

ज्यागुअर ल्यान्डराेभर (जेएलआर) ले इलेक्ट्रिक रेन्ज रोभर र ज्यागुअर ईभी मोडल लन्च गर्न ढिलाई गरेको छ । कार निर्माताले आफ्ना नयाँ ईभीको परीक्षण र माग बढाउन थप समय दिइरहेको बताएको छ ।

जेएलआरले रेन्जरोभर इलेक्ट्रिकको लागि पर्खिरहेका ग्राहकहरूलाई पत्र लेख्दै डेलिभरीका लागि अर्को वर्षसम्म कुर्न अनुरोध गरेको छ । जवकी कम्पनीले केही समयअघि मात्रै यसै वर्षको अन्त्यदेखि ईभी हस्तान्तरण गर्ने बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफले हालैका महिनाहरूमा जेएलआरको बिक्रीलाई असर गरेको छ । एकातर्फ बिक्री कम हुँदै जानु र अर्कोतर्फ उत्पादन लागत बढ्दा कम्पनी हाल दोहोरोमा मारमा छ ।

बढ्दो उत्पादन लागत कम गर्न जेएलआरले हालैमात्र ५०० प्रबन्धकहरूको लागि स्वैच्छिक रिडन्डन्सी योजना समेत ल्याएको थियो । जेएलआरले पहिलोपटक सिधै आफैले उत्पादन गरेर ल्याउन लागेको यी ईभीको परीक्षणमा लामो समय लाग्ने भएकाले समयमै लन्च गर्न नसकिएको कम्पनीको भनाइ छ ।

पहिलो इलेक्ट्रिक ज्यागुअरकाे रिब्रान्डिङ पछि उत्पादन सुरु हुने तालिका अगस्ट २०२६ मा तय गरिएको छ । यसको मूल्य १ लाख पाउन्ड भन्दा माथि हुने अपेक्षा गरिएको छ ।

रेन्जरोभर इलेक्ट्रिक बाहेक, कार निर्माताले रेन्जरोभर भेलारको नयाँ इलेक्ट्रिक संस्करणमा पनि काम गरिरहेको छ । डिफेन्डर सब–ब्रान्ड अन्तर्गतको इलेक्ट्रिक मोडल भने २०२७ को अन्त्यतिर उत्पादनमा जाने बताइएको छ ।

सम्बन्धित समाचारहरू

हेल्मेट एयरब्यागसहितको विलासी एमपीभी, हुवावे र चेरीको सहकार्यमा लक्जीड भी९ लन्च गर्ने तयारीमा

हेल्मेट एयरब्यागसहितको विलासी एमपीभी, हुवावे र चेरीको सहकार्यमा लक्जीड भी९ लन्च गर्ने तयारीमा

चिनियाँ प्रविधि कम्पनी हुवावे र अटोमोबाइल निर्माता चेरीले संयुक्त रूपमा...

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणमा रहेको ग्रेटवाल मोटर्सको...

मलेसियाको बजार : जनवरीमा सबैभन्दा धेरै बिक्री हुने ईभी बन्यो ईमास ७, टप १० मा बीवाईडीको बर्चस्व

मलेसियाको बजार : जनवरीमा सबैभन्दा धेरै बिक्री हुने ईभी बन्यो ईमास ७, टप १० मा बीवाईडीको बर्चस्व

मलेसियाको बजारमा सन् २०२५ जनवरी महिनामा सबैभन्दा धेरै बिक्री हुने ईभीमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...