कार रोक्नका लागि पहिले क्लच थिच्ने कि ब्रेक ?
ड्राइभिङ एउटा कला हो । कार ड्राइभिङ गर्न सिक्ने पहिलो आधारभूत मन्त्र भनेको...
कारमा स्पेयर टायर सामान्य टायर भन्दा अलि सानो डिजाइन गरिएको हुन्छ । स्पेयर टायर सामान्य टायर भन्दा १ इन्च सानो हुन्छ । अधिकांशलाई यसको सही कारण थाहा नहुन सक्छ ।
वास्तवमा गाडीको कुल तौलको असर कम गर्नका लागि गाडीको स्पेयर टायर नियमित टायरको तुलनामा सानो र हल्का राखिएको हुन्छ । यसले कारको माइलेज बढाउँछ र इन्धनको पनि बचत हुन्छ । साथै साना टायरका कारण गाडीमा अन्य महत्वपूर्ण सामान राख्नको लागि ठाउँ पनि बढी हुन्छ ।
स्पेयर टायर आपतकालिन अवस्थाका लागि मात्र डिजाइन गरिएको हुन्छ । यो स्थायी कार टायर जस्तै नियमित प्रयोगको लागि बनाइएको हुँदैन । त्यसैले यसलाई जडान गरेर लामो दुरीसम्म गाडी चलाउनु उचित हुँदैन । सो टायर छोटो दुरीको यात्राको लागि मात्र बनाइएको हुन्छ ।
स्पेयर टायरलाई सानो र हल्का बनाउनुको अर्को कारण यसको उत्पादन लागत घटाउनु हो । कम्पनीले यस्तै टायर प्रयोग गरेर कारलाई किफायती बनाउन प्रयास गरिरहेको हुन्छ ।
स्पेयर टायरको सानो आकारको कारणले ड्राइभिङ परफर्मेन्समा अलिकति परिवर्तन महसुस गर्न सकिन्छ, तर यो सीमित दूरीको लागि मात्र प्रयोग गरिएको हुनाले यसले धेरै प्रभाव पार्दैन । सो टायर आकस्मिक प्रयोगको लागि मात्र डिजाइन गरिएको हुन्छ ।
ड्राइभिङ एउटा कला हो । कार ड्राइभिङ गर्न सिक्ने पहिलो आधारभूत मन्त्र भनेको...
बुटवल – नेपालको औद्योगिक एवं व्यापारिक नगरी बुटवलमा स्थापित आवास ग्रुपले...
कारमा विभिन्न एड्भान्स टेक्नोलोजी उपलब्ध हुन थालेका छन् । केही वर्षअघि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...