बाइकलाई नरोकिकन कति समयसम्म चलाउन सकिन्छ, जान्नुहोस्
बाइक चलाउँदा हरेक यात्रुको दिमागमा यो प्रश्न अवश्य आउँछ कि कति समयसम्म...
बाइकमा धेरै प्रकारका पार्टपुर्जा जडान गरिएको हुन्छ । त्यसमध्ये क्लच प्लेट पनि एक हो । बाइकको लागि क्लच प्लेट निकै महत्त्वपूर्ण छ । यदि बाइकको क्लच प्लेटमा कुनै खराबी भएमा यसले बाइकको अन्य पार्टलाई पनि प्रभाव पारेको हुन्छ ।
क्लच प्लेटको कार्य इन्जिनको शक्तिलाई गियरबक्समा पठाउनु हो । बाइकको गियर परिवर्तन गर्दा यसले इन्जिन र गियरबिचको सम्बन्ध केही समयको लागि तोड्छ । यसको राम्रोसँग प्रयोग गरेमा इन्जिनमा धेरै भार हुँदैन र बाइकको आयु पनि बढ्छ ।
क्लच प्लेटले फ्युलको दक्षता बढाउनुका साथै इन्जिन पावरको सही उपयोग गर्न मद्दत गर्छ । साथै यसले फ्युलको खपत पनि घटाउँछ । यदि यसले सहज रुपमा काम गर्न सकेन भने गियर सिफ्टिङमा समस्या आउँछ ।
बाइकको गियर सिफ्ट गर्दा झट्का महसुस भएमा क्लच प्लेटमा समस्या छ भनेर बुझ्नु पर्छ । यो खराब भएमा इन्जिनको आवाजमा परिवर्तन आउन थाल्छ र इन्जिनले पहिले भन्दा धेरै आवाज निकाल्न थाल्छ । यदि क्लच लेभल धेरै हल्का वा भारी महसुस भएमा वा बाइक अचानक चिप्लन थाल्यो वा यसको गति कमी आउन थाल्यो भने बाइकको क्लच प्लेटमा केही खराबी भएको भनेर बुझ्नु पर्छ ।
बाइकको क्लच प्लेट क्षति भएको महसुस भएमा तुरुन्तै राम्रो मेकानिकलाई देखाउनुपर्छ । क्लच प्लेटमा खराबी आएमा सकेसम्म चाँडो यसलाई परिवर्तन गर्नुपर्छ । लामो समयसम्म खराब क्लच प्लेट परिवर्तन गरिएन भने यसले बाइकको अन्य पार्टलाई पनि क्षति पुर्याउन सक्छ ।
बाइक चलाउँदा हरेक यात्रुको दिमागमा यो प्रश्न अवश्य आउँछ कि कति समयसम्म...
काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने...
सन् २०२४ मा भारतीय मोटरसाइकल बजारमा केही नयाँ र रोचक मोडलहरू देखिएका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...