अब उपत्यकामा ९९ रुपैयाँमै चढ्न पाइने ट्याक्सी सेवा
काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...
नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले ट्राफिक सिग्नल सिस्टममा चौथो रङकाे रुपमा सेतो रङ थप्ने प्रस्ताव गरेका छन्। सो नयाँ रङ विशेष रूपमा अटोमेटिक कारका लागि डिजाइन गरिएको हो।
अहिलेसम्म ट्राफिक लाइटमा रातो, पहेंलो र हरियो रङ समावेश थियो र यिनीहरुले विशेष सन्देश पनि दिने गर्छन्। तर अब सेतो बत्तीले ट्राफिक फ्लोलाई अझ सहज र सुव्यवस्थित बनाउन मद्दत गर्नेछ।
अनुसन्धानका अनुसार, सो सेतो बत्तीले सेल्फ ड्राइभिङको टेक्नोलोजी प्रयोग गरेर ट्राफिक जाम कम गर्नेछ। सो विचार पहिलो पटक २०२४ मा सिभिल, निर्माण र वातावरणीय इन्जिनियरिङका सह-प्राध्यापक प्रोफेसर अली हज्बाबाईले प्रस्तुत गरेका थिए।
सेतो बत्ती सिस्टमले सडकमा रहेका अटोमेटिक सवारी साधनसँग वायरलेस माध्यमबाट संवाद गर्नेछ । जब कुनै चौबाटोमा पर्याप्त संख्यामा अटोमेटिक सवारी साधन पुग्छ, सेतो बत्ती एक्टिभ हुनेछ। यसको अर्थ नजिकका मानव चालकहरूले आफ्ना अगाडिका सवारी साधनहरूलाई पछ्याउनुपर्नेछ, किनभने अटोमेटिक सवारी साधनले ट्राफिक व्यवस्थापन अटोमेटिक रूपमा गर्नेछ ।
अनुसन्धानले यो पनि देखाएको छ कि सेतो बत्ती सिस्टमले पैदल यात्रीको उपस्थितिमा समेत ट्राफिक फ्लो सुधार गर्न सक्नेछ। भविष्यमा यदि धेरैजसो सवारी साधनहरू अटोमेटिक भए, भने चौबाटोमा पर्खने समय २५ प्रतिशतभन्दा बढीले घटाउन सकिने अनुमान गरिएको छ। सबै सवारी साधनहरू अटोमेटिक नभए पनि, सो सिस्टमले ट्राफिक जाम र यात्रा समय दुवै घटाउने अपेक्षा गरिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...
काठमाडौं । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगा सुरुङमार्गको...
काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले लाइसेन्स र राहदानी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...