सडकमा कोरिएको सेतो र पहेँलो रङको लाइनले के सङ्केत गर्छ ?

सडकमा पहेँलो र सेतो रङले लेनको विभाजन गरेको देख्नु भएकै होला । प्रायः यसको बारेमा कमैलाई मात्र थाहा हुन्छ । यस्ता रेखा विभिन्न प्रकारका हुन्छन् । सडकमा हुने दुर्घटनाबाट बच्न यस्तो रेखाले पनि महत्वपूर्ण भुमिका खेलेको हुन्छ ।

सेतो रङको सिधा लाइन
कहि कतै सडकको बीचमा सिधा रेखाले सडकलाई विभाजन गरेको देख्नु भएकै होला । सडकमा सेतो रेखाको अर्थ जुन लेनमा ड्राइभ गर्दै हुनुहुन्छ त्यही लेनमा ड्राइभ गर्नु पर्छ भन्ने हो । यदि लेन परिवर्तन गर्नु परेमा सावधानी अपनाउनु पर्छ । यस्ता रेखाहरु विशेषगरी पहाडी भुभागमा वा साँघुरो बाटोमा कोरिएको हुन्छ । यसलाई अटुट रेखा पनि भनिन्छ ।

सेतो रङको टुटेको लाइन
सडकको बीचमा सेतो रङ तर बीच बीचमा टुटेको रेखा छ भने चालकले सवारी चलाउँदा लेन परिवर्तन गर्न सकिन्छ भन्ने अर्थ लाग्छ । त्यस्तो अवस्थामा पछाडिबाट आइरहेको सवारीलाई टर्न इन्डिकेटर दिएर लेन परिवर्तन गर्न सकिन्छ । तर, यसको लागि सावधानी अपनाउनु पर्छ ।

पहेँलो रङको रेखा
पहेँलो रङको रेखा सडकको छेउमा हुन्छ । यस्ता रेखा भएको स्थानमा पछाडिबाट आइरहेको सवारीलाई ओभरटेक गर्न दिन सकिन्छ भन्ने अर्थ लाग्छ । साथै पछाडिबाट आएका सवारी साधन देखेपछि होसियार भएर जुनसुकै सवारी साधनलाई पनि ओभरटेक गर्न पनि सकिन्छ । सो रेखा भएको ठाउँमा सवारी साधनलाई नियन्त्रणमा राख्नको लागि पनि प्रयोग गरिन्छ ।

सम्बन्धित समाचारहरू

नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने 

नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने 

काठमाडाैं – नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ।...

चालु आर्थिक वर्षमा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, बढी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन

चालु आर्थिक वर्षमा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, बढी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन

काठमाडौँ – चालु आर्थिक वर्षमा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९...

साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट : कहाँ कसरी राख्ने ? के छ प्रक्रिया ?

साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट : कहाँ कसरी राख्ने ? के छ प्रक्रिया ?

सरकारले आगामी साउन एक गतेदेखि सबै सवारीलाई इम्बोस्ड नम्बर प्लेट अनवार्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...