बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अटोमोबाइल कम्पनीहरुले विभिन्न प्रकारको इन्जिनको साथमा कारलाई बजारमा उपलब्ध गराएका हुन्छन् । जसमा टर्बाे इन्जिन र नेचुरली एस्पिरेटेड इन्जिनको साथै डिजेल र पेट्रोल इन्जिन समावेश रहेको हुन्छ । कम्पनीले फरक फरक भेरिएन्टमा यस्तो इन्जिन लन्च गरेका हुन्छन् । शोरुममा ग्राहकलाई टप भेरिएन्ट लिनको लागि मात्र सल्लाह दिएको हुन्छ । ग्राहकले आफूलाई अनुकुल इन्जिन छनोट गर्न सक्नु पर्छ ।
गियरबक्सः अटोमेटिक वा म्यानुअल
हाल बजारमा विभिन्न इन्जिनको साथै मल्टिपल गियरबक्स अप्सनमा कार उपलब्ध रहेको छ । म्यानुअल गियरबक्सको साथै ड्युअल क्लच ट्रान्समिसन, अटोमेटिक ट्रान्समिसन, इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसन र सीभीटी ट्रान्समिसनको विकल्प उपलब्ध रहेको छ । यदि तपाई नेचुरली एस्पिरेटेड वा सामान्य इन्जिन चाहनुहुन्छ भने म्यानुअल ट्रान्समिसन उपयुक्त हुन्छ । तर परफर्मेन्सको साथमा म्यानुअल र अटोमेटिक दुबैको मज्जा लिन चाहनुहुन्छ भने एएमटी राम्रो विकल्प हुन सक्छ । आरामदायक यात्राको लागि अटोमेटिक ट्रान्समिसनमा कुनै पनि छान्न सक्नुहुन्छ ।
सुरक्षामा प्राथमिकता दिनु हुन्छ भने
सन २०१९ मा ग्लोबल एनसीएपी क्र्यास टेस्टको रेटिङ पछि अटो क्षेत्रमा खलबली मचिएको छ । साथै ग्राहकलाई कार दुर्घटनामा सचेत गराएको छ । महिन्द्रा र टाटाको कारले सेफ्टीमा उत्कृष्ट प्रदर्शन गरेको छ । भारत न्यु भेइकल सेफ्टी एसेसमेन्ट प्रोग्रामका अनुसार कारमा ड्राइभर साइड एयरब्याग, एबीएस, स्पिड वार्निङ अलर्ट, फ्रन्ट सीट बेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर हुनु आवश्यक छ । यसको साथै कारमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम, लेन वाच क्यामेरा, इलेक्ट्रोनिक ट्रयाक्सन कन्ट्रोल, रोल ओभर मिटिगेसन, हिल होल्ड कन्ट्रोल, ब्रेक डिस्क वाइपिङ र आईएसओएफआईएक्स जस्तो फिचर उपलब्ध रहेको छ । ग्राहकले कुन सेफ्टी फिचर छान्ने हो त्यसमा निर्भर रहेको हुन्छ ।
कारमा हुने बेसिक सेफ्टी फिचर
– ड्युअल फ्रन्ट एयरब्याग
– फ्रन्ट सीट बेल्ट रिमाइन्डर
– स्पिड अलर्ट
– एबीएसको साथमा ईबीडी
– इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल
– आईएसओएफआईएक्स चाइल्ड सीट एंकर्स
– फ्रन्ट डिस्क ब्रेक
– रियर पार्किङ सेन्सर
स्पिडको लागि
यदि तपाई कार स्पिडमा ड्राइभ गर्न सौखिन हुनुहुन्छ भने टर्बाे इन्जिन उपयुक्त हुन्छ । यसमा ३ सिलिन्डर समावेश गरेको हुन्छ । साथै परफर्मेन्स पनि राम्रो हुने गर्छ । यद्यपि यसको माइलेज नेचुरली एस्पिरेटेड इन्जिन भन्दा कम हुन्छ । आजकाल कार कम्पनीले सामान्यको साथमा टर्बाे इन्जिनको पनि विकल्प दिएको हुन्छ । विशेषत नेचुरली एस्पिरेटेडको विकल्प टप भेरिएन्टमा मात्र उपलब्ध रहेको छ । साथै टर्बाेको साथमा मल्टिपल गियरबक्सको पनि विकल्प रहेको हुन्छ । टर्बाे इन्जिन कार सामान्य इन्जिन भन्दा महँगो पनि हुने गर्छ ।
फुल फिचर भएको कार मनपराउनु हुन्छ भने
कम्पनीले ग्राहकलाई आकर्षण गर्नको लागि कारमा विभिन्न फिचर समावेश गरिएको हुन्छ । यसमा कनेक्टिङ फिचर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रियर एसी भेन्ट्स, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सीट्स, एयर प्युरीफायर, वाक अवे अटो लक, प्रोजेक्टर एलईडी ल्याम्प, एलईडी डीआरएल, रिमोट कन्ट्रोल एसी पावर विन्डो र सनरुफ, वायरलेस चार्जर जस्ता लक्जरी फिचर समावेश रहेको हुन्छ । यद्यपि बेस भेरिएन्टमा ३.५ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, बेसिक सिट, सामान्य ओआरभीएमएस जस्तो फिचर रहेको छ । यी फिचरमा केही फिचर अलग प्याकेजमा समावेश गरिएको छ । जसलाई कुनै पनि भेरिएन्टमा समावेश गर्न सकिन्छ । याद राख्नुस् यदि कारमा बढी फिचरको आवश्यक छ भने टप भेरिएन्टलाई प्राथमिकता दिनुहोला ।
ध्यान दिनु पर्ने कुरा
नयाँ कार खरिद गर्दा सबै भेरिएन्टलाई तुलना गर्नु पर्छ । हरेक ग्राहकको आफ्नै बजेट हुन्छ । सोही बजेटमा कारको चयन गर्नु पर्छ । कारमा फिचर त्यही छान्नु पर्छ जसलाई प्राय प्रयोग गर्न सकियोस् । कारको सही भेरिएन्टको चयन ग्राहकलाई मनपर्ने कार र बजेटमा निर्भर रहेको हुन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...