इन्जिन, फिचर र मूल्यको हिसाबले स्कोडा काइल्याक र  टाटा नेक्सनमा कुन एसयूभी उत्कृष्ट

स्कोडाले हालै भारतीय बजारमा कम्प्याक्ट एसयूभी सेगमेन्टमा एसयूभी स्कोडा काइल्याक लन्च गरेको छ। कम्पनीले ल्याएको नयाँ एसयूभीले टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई एसयूभी मध्ये कुन उत्कृष्ट छ त?

स्कोडा काइल्याकमा कम्पनीले केही उत्कृष्ट फिचर प्रदान गरेको छ। यसमा १७ इन्च अलोय ह्विल, एलईडी हेडलाइट, एलईडी डीआरएल, एलईडी टेल लाइट, सिक्सवे इलेक्‍ट्रिकली एडजस्‍टेबल सिट, फन्ट भेन्टिलेटेड सिट, सिंगल प्यान इलेक्ट्रिक सनरुफ, २०.३२ सेमी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ र २५.६ सेमी इन्फोटेनमेन्ट सिस्टम जस्ता फिचर प्रदान गरिएको छ ।

टाटा नेक्सनमा एलईडी लाइट, ड्युअल टोन रुफ, २६.०३ सेमी इन्फोटेनमेन्ट सिस्टम, २६.०३ सेमी इन्स्ट्रयुमेन्ट क्लस्टर, इलेक्ट्रिक सनरुफ, ९ वटा जेबीएल स्पिकर, वायरलेस चार्जर, फन्ट भेन्टिलेटेड सिट, एयर प्युरिफायर, कुल्ड ग्लोभ बक्स, रियर एसी भेन्ट र अटो टेम्परेचर कन्ट्रोल जस्ता फिचर फिचर प्रदान गरिएको छ ।

स्कोडा काइल्याकमा एक लिटर क्षमताको टीएसआई इन्जिन उपलब्ध छ, जसले ८५ किलोवाटको पावर र १७८ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल र डीसीटी ट्रान्समिसनको विकल्प छ । कम्पनीले हालसम्म यसको माइलेजको जानकारी जारी गरेको छैन ।

टाटाले नेक्सनमा १.२ लिटर थ्री सिलिन्डर टर्बो इन्जिन उपलब्ध गराएको छ । जसले १२० हर्स पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ । टाटाले नेक्सनमा ५ स्पिड म्यानुअल र ६ स्पिड एएमटी र ७ स्पिड डीसीटीको विकल्प उपलब्ध छ ।

सेफ्टीका लागि स्कोडा काइल्याकमा २५ भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचर प्रदान गरिएको छ । यसमा ६ वटा एयरब्याग, ब्रेक डिस्क वाइपिङ, ईएससी, ट्रयाक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक डिफरेशियल लक, मल्टि कोलिजन ब्रेक जस्ता फिचर उपलब्ध छ ।

टाटा नेक्सनमा ६ वटा एयरब्याग, ई-कल, बी-कल, ३६० डिग्री क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, ब्लाइन्ड भ्यू मोनिटर, ईएसपी, टीपीएमएस, रेन सेन्सिङ वाइपर, कर्नरिङ फङ्सनसहितको फग ल्याम्प जस्ता सेफ्टी फिचर उपलब्ध छ ।

स्कोडा काइल्याक एसयूभी भारतमा ७ लाख ८९ हजार भारुमा पेश गरिएको छ । जबकि टाटा नेक्सनको मूल्य ७ लाख९९ हजार भारु देखि उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

आर्थिक मन्दीको असर नयाँ वर्ष अफरमा देखियो, धेरै कार ब्रान्डले ल्याएनन् अफर

काठमाडौं– आर्थिक मन्दीका कारण अटोमोबाइल बजार अहिले निकै कठिन अवस्थाबाट...

हुन्डाई र महिन्द्रालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो टाटा

हुन्डाई र महिन्द्रालाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो टाटा

भारतिय बजारमा टाटा मोटर्सको बिक्रीले हुन्डाई र महिन्द्रालाई पछि पारेको छ...

२० प्रतिशत डाउनपेमेन्टमै टाटा ईभी किन्न पाइने,भोलिबाट प्रि–बजेट एक्सचेन्ज फेस्ट

२० प्रतिशत डाउनपेमेन्टमै टाटा ईभी किन्न पाइने,भोलिबाट प्रि–बजेट एक्सचेन्ज फेस्ट

काठमाडौं–टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्रि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...