स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
कार चोरी एक गम्भीर अपराध हो जुन संसारका धेरै देशहरूमा ठुलो समस्या बनेको छ। नयाँ कार होस् या पुरानो होस्, चोरको नजर एकपटक कारमा पर्यो भने त्यो कार पक्कै पनि चोरी हुने सम्भावना रहन्छ । तपाईंलाई थाहा छ संसारको कुन देशमा सबैभन्दा धेरै कार चोरी हुन्छ ?
क्यानडा संसारको सबैभन्दा बढी कार चोरी हुने देशहरूमा अग्रणी छ। रिपोर्टका अनुसार क्यानडा त्यस्तो देश हो, जहाँ हरेक ५ मिनेटमा एउटा कार चोरी हुने गरेको तथ्यांकले पुष्टि गरेको छ । उक्त देशका चोरहरु चोरी गरिएका कार हजारौँ किलोमिटर टाढा लगेर अनलाइन बिक्री गर्छन् ।
रिपोर्टका अनुसार सन् २०२२ क्यानडामा १ लाख ५ हजार कारहरू चोरी भएका थिए । क्यानडामा सार्वजनिक यातायातभन्दा बढी मानिसहरूले आफ्ना निजी सवारी साधनको प्रयोग गर्छन्, त्यसैले त्यहाँ धेरै ठुलो संख्यामा निजी गाडीहरू छन् । निजी सवारी साधनको व्यापक प्रयोग र सिमित सार्वजनिक यातायातका कारण कार चोरीका घटनाहरू बढी हुने गरेको छ ।
अन्तर्राष्ट्रिय पुलिस अर्थात् इन्टरपोलले हालै एउटा रिपोर्ट जारी गरेको थियो, जसमा सबैभन्दा धेरै कार चोरी हुने देशहरूको सूचीमा क्यानडाको नाम पनि समावेश थियो । संसारमा सबैभन्दा बढी कार चोरी हुने देशमा अमेरिका, ब्राजिल, दक्षिण अफ्रिका, युके, इटाली र अष्ट्रेलिया समावेश छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...