कुन देशमा सबैभन्दा बढी कार चोरी हुन्छ ?

कार चोरी एक गम्भीर अपराध हो जुन संसारका धेरै देशहरूमा ठुलो समस्या बनेको छ। नयाँ कार होस् या पुरानो होस्, चोरको नजर एकपटक कारमा पर्‍यो भने त्यो कार पक्कै पनि चोरी हुने सम्भावना रहन्छ । तपाईंलाई थाहा छ संसारको कुन देशमा सबैभन्दा धेरै कार चोरी हुन्छ ?

क्यानडा संसारको सबैभन्दा बढी कार चोरी हुने देशहरूमा अग्रणी छ।  रिपोर्टका अनुसार क्यानडा त्यस्तो देश हो, जहाँ हरेक ५ मिनेटमा एउटा कार चोरी हुने गरेको तथ्यांकले पुष्टि गरेको छ । उक्त देशका चोरहरु चोरी गरिएका कार हजारौँ किलोमिटर टाढा लगेर अनलाइन बिक्री गर्छन् ।

रिपोर्टका अनुसार सन् २०२२ क्यानडामा १ लाख ५ हजार कारहरू चोरी भएका थिए । क्यानडामा सार्वजनिक यातायातभन्दा बढी मानिसहरूले आफ्ना निजी सवारी साधनको प्रयोग गर्छन्, त्यसैले त्यहाँ धेरै ठुलो संख्यामा निजी गाडीहरू छन् । निजी सवारी साधनको व्यापक प्रयोग र सिमित सार्वजनिक यातायातका कारण कार चोरीका घटनाहरू बढी हुने गरेको छ ।

अन्तर्राष्ट्रिय पुलिस अर्थात् इन्टरपोलले हालै एउटा रिपोर्ट जारी गरेको थियो, जसमा सबैभन्दा धेरै कार चोरी हुने देशहरूको सूचीमा क्यानडाको नाम पनि समावेश थियो । संसारमा सबैभन्दा बढी कार चोरी हुने देशमा अमेरिका, ब्राजिल, दक्षिण अफ्रिका, युके, इटाली र अष्ट्रेलिया समावेश छ ।

सम्बन्धित समाचारहरू

चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले कम्पोनेन्ट व्यवसाय समेत गर्ने

चौधरी ग्रुप अन्तर्गतको नेपाल ल्युब आयलले कम्पोनेन्ट व्यवसाय समेत गर्ने

काठमाडौं । नेपालमा हाल गल्फ लुब्रिकेन्टको बिक्री वितरण गरिरहेको चौधरी...

अर्ब रुपैयाँ बढी कारोबार गर्ने यी ३ स्पेयर पार्ट्स व्यवसायी नाडाको चुनावी मैदानमा

अर्ब रुपैयाँ बढी कारोबार गर्ने यी ३ स्पेयर पार्ट्स व्यवसायी नाडाको चुनावी मैदानमा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि पर्सि मतदान...

घट्ने भयो इम्बोस्ड नम्बर प्लेटको मूल्य

घट्ने भयो इम्बोस्ड नम्बर प्लेटको मूल्य

काठमाडौं – लामो समयदेखि महँगो शुल्कका कारण विवादमा रहेको इम्बोस्ड नम्बर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...