बनेपामा नोभेम्बर २७ र २८ मा ‘एक्स्ट्रिम रेस वार्स २०२६’, महिला विधाको प्रायोजन क्युजे मोटरले गर्ने
काठमाडौं -नेपालको सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस...
बाइक चलाउँदा गियर परिवर्तन गर्ने प्रक्रिया एक महत्त्वपूर्ण भाग हो, जसले प्रत्यक्ष रूपमा सवारी साधनलाई असर गरेको हुन्छ । तर धेरैलाई थाहा नहुन सक्छ कि गियर परिवर्तन गर्दा क्लच आधा थिच्नु पर्छ कि पूरा ?
क्लचको मुख्य काम इन्जिनबाट गियरबक्सलाई अलग गर्नु हो ताकि गियर परिवर्तन गर्दा इन्जिनको गतिमा अवरोध नहोस् । क्लचलाई दबाउदा गियरमा इन्जिनको जडान काटिन्छ, जसले कुनै समस्या बिना गियर परिवर्तन गर्न सकिन्छ ।
गियर परिवर्तन गर्दा क्लचलाई पूर्ण रूपमा दबाउनु सबैभन्दा सुरक्षित तरिका हो । यसले गियरबक्स र इन्जिन बीचको कनेक्सन पूर्ण रूपमा काट्छ, जसले गियर परिवर्तन गर्ने प्रक्रियालाई सहज बनाउँछ । क्लच आधा मात्र दबाएर गियर परिवर्तन गर्दा गियरबक्स र इन्जिन बीचको कनेक्शन पूर्ण रूपमा टुटेको हुँदैन, जसले गियर सिफ्टिङमा रुकावट र गियरबक्स वा इन्जिनलाई क्षति पुर्याउन सक्छ । क्लचलाई पुरा थिचेर गियर परिवर्तन गर्दा क्लच प्लेटमा कम दबाब पर्छ र लामो समयसम्म टिक्छ ।
शहरको ट्राफिकमा सवारी साधनलाई छिटो नियन्त्रण गर्नका लागि क्लच आधा मात्र थिच्ने गरेको पाइन्छ । यसले क्लच प्लेटमा थप दबाब पर्छ, जसले गर्दा क्लच प्लेट चाँडै बिग्रने हुन्छ । साथै आधा-क्लच थिचेर गियर परिवर्तन गर्दा इन्जिन र गियरबक्स बीचको तालमेललाई रोक्छ र यसको परफर्मेन्सलाई असर गर्छ । बाइकको गियर परिवर्तन गर्दा, सधैं पुरा क्लच थिच्नु पर्छ । यसले बाइकको आयु बढाउनुका साथै ड्राइभिङ अनुभवमा पनि सुधार ल्याउछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...