कस्तो पर्ला निषेधाज्ञाको असर अटोमोबाइल क्षेत्रमा

बैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा लागू गर्ने सरकारी निर्णयसँगै व्यावसायिक क्षेत्रमा थप अन्योलता सिर्जना भएको छ । निषेधाज्ञाको पहिलो टार्गेट बनेको यातायात क्षेत्रले त एक कार्यक्रममा पुन निषेधाज्ञा गरिए यातायात क्षेत्र तहसनहस हुने र पुनः सञ्चालन गर्न नसकिने बताइसकेको छ ।

यातायात क्षेत्रसँगै जोडिएको अटोमोबाइल व्यवसायमा समेत यसले दीर्घकालीन असर गर्ने देखिन्छ । यातायातका साधन सञ्चालन हुन नसकेको खण्डमा सवारीसाधनको बिक्री प्रभाबित हुनेछ । पुनः निषेधाज्ञा नहुने भन्दै विभिन्न कम्पनीहरुले नयाँ सवारीसाधन लन्च गर्ने तयारी थालेका थिए ।
अब ती कार्यक्रम समेत पर सर्नेछन । निषेधाज्ञा कति लम्विने हो भन्ने विषयले यो क्षेत्रको अन्योलता निर्धारण हुनेछ । यदि निषेधाज्ञा लम्विदै गयो भने कम्पनीहरुले भर्चुअल माध्यमबाट नयाँ सवारीसाधन लन्च गर्नेछन् । नयाँ साधन लन्च भएपनि आवागमन ठप्प गरिएको अवस्थामा सवारीसाधनको बिक्री भने प्रभाबित भइ नै रहनेछ ।

निषेधाज्ञा लम्विदै गएको खण्डमा उपभोक्ताको आयस्रोत गुम्ने र क्रयशक्ति कम हुन गई दीर्घकालसम्म सवारीसाधनको बिक्री प्रभावित बन्ने निश्चित देखिन्छ । यसअघिको निषेधाज्ञाका कारण शिथिल बनेको अर्थतन्त्रले विस्तारै गति लिन थालेपछि यसको सकरात्मक असर सवारीसाधन बिक्रीमा समेत देखिन थालेको थियो । तर अब पुनः निषेधाज्ञा गर्ने भएपछि यसको असर पहिले भन्दा भयावह नबन्ला भन्न सकिन्न ।

यसकारण बढ्न सक्छ निजी सवारीसाधनको बिक्री
कोरोना नियन्त्रणका लागि निषेधाज्ञा नै अन्तिम विकल्प नभएको यसअघिको अभ्यासले बताइसकेको छ । यसर्थ तत्काल निषेधाज्ञा लागू गरिएपनि पछि विस्तारै खुकुलो हुँदै जाने र यसले उपभोक्तामा पहिलेजस्तै निजी सवारी मोह बढ्ने समेत अनुमान लगाउन सकिन्छ ।

विगतको अभ्यासलाई हेर्ने हो भनेपनि निषेधाज्ञा खुकुलो बनाउँदै लैजादा सार्वजनिक यातायतामा भने लामै समय निषेध गरिएको थियो । जसका कारण उक्त समयमा मोटरसाइकल र स्कुटरको मागमा अत्याधिक वृद्धि हुन गई अभावको अवस्था समेत सिर्जना भएको थियो । अबको चरणमा समेत सोही चेन दोहोरिने सम्भावना उच्च छ । यसो भएको खण्डमा यस्ता सवारीसाधनको बिक्रीले पुनः गति लिने देखिन्छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक यातायातको नवीकरण साउन मसान्त सम्म गर्न सकिने

सार्वजनिक यातायातको नवीकरण साउन मसान्त सम्म गर्न सकिने

काठमाडौं – सार्वजनिक यातायातको नवीकरण आगामी साउन मसान्त सम्म गर्न सकिने...

निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख जरिवाना हुने

निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख जरिवाना हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ८ गते मध्यराति...

अस्पताल जान गाडी पाइएन ? यी नम्बरमा फोन गरेर लिनुस् निःशुल्क ट्याक्सी सेवा

अस्पताल जान गाडी पाइएन ? यी नम्बरमा फोन गरेर लिनुस् निःशुल्क ट्याक्सी सेवा

काठमाडौं – अखिल नेपाल यातायात मजदुर संघ र उपत्यका ट्याक्सी विशेष समितिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...