अब निषेधाज्ञामा जथाभावी चल्ने सवारीसाधनलाई ५ हजार सम्म जरिवाना, यस्तो हुनेछ थप कारवाही
काठमाडौं – अब मास्क नलगाउने व्यक्तिदेखि निषेधाज्ञाका दौरान लगाइएको नियम...
बैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा लागू गर्ने सरकारी निर्णयसँगै व्यावसायिक क्षेत्रमा थप अन्योलता सिर्जना भएको छ । निषेधाज्ञाको पहिलो टार्गेट बनेको यातायात क्षेत्रले त एक कार्यक्रममा पुन निषेधाज्ञा गरिए यातायात क्षेत्र तहसनहस हुने र पुनः सञ्चालन गर्न नसकिने बताइसकेको छ ।
यातायात क्षेत्रसँगै जोडिएको अटोमोबाइल व्यवसायमा समेत यसले दीर्घकालीन असर गर्ने देखिन्छ । यातायातका साधन सञ्चालन हुन नसकेको खण्डमा सवारीसाधनको बिक्री प्रभाबित हुनेछ । पुनः निषेधाज्ञा नहुने भन्दै विभिन्न कम्पनीहरुले नयाँ सवारीसाधन लन्च गर्ने तयारी थालेका थिए ।
अब ती कार्यक्रम समेत पर सर्नेछन । निषेधाज्ञा कति लम्विने हो भन्ने विषयले यो क्षेत्रको अन्योलता निर्धारण हुनेछ । यदि निषेधाज्ञा लम्विदै गयो भने कम्पनीहरुले भर्चुअल माध्यमबाट नयाँ सवारीसाधन लन्च गर्नेछन् । नयाँ साधन लन्च भएपनि आवागमन ठप्प गरिएको अवस्थामा सवारीसाधनको बिक्री भने प्रभाबित भइ नै रहनेछ ।
निषेधाज्ञा लम्विदै गएको खण्डमा उपभोक्ताको आयस्रोत गुम्ने र क्रयशक्ति कम हुन गई दीर्घकालसम्म सवारीसाधनको बिक्री प्रभावित बन्ने निश्चित देखिन्छ । यसअघिको निषेधाज्ञाका कारण शिथिल बनेको अर्थतन्त्रले विस्तारै गति लिन थालेपछि यसको सकरात्मक असर सवारीसाधन बिक्रीमा समेत देखिन थालेको थियो । तर अब पुनः निषेधाज्ञा गर्ने भएपछि यसको असर पहिले भन्दा भयावह नबन्ला भन्न सकिन्न ।
यसकारण बढ्न सक्छ निजी सवारीसाधनको बिक्री
कोरोना नियन्त्रणका लागि निषेधाज्ञा नै अन्तिम विकल्प नभएको यसअघिको अभ्यासले बताइसकेको छ । यसर्थ तत्काल निषेधाज्ञा लागू गरिएपनि पछि विस्तारै खुकुलो हुँदै जाने र यसले उपभोक्तामा पहिलेजस्तै निजी सवारी मोह बढ्ने समेत अनुमान लगाउन सकिन्छ ।
विगतको अभ्यासलाई हेर्ने हो भनेपनि निषेधाज्ञा खुकुलो बनाउँदै लैजादा सार्वजनिक यातायतामा भने लामै समय निषेध गरिएको थियो । जसका कारण उक्त समयमा मोटरसाइकल र स्कुटरको मागमा अत्याधिक वृद्धि हुन गई अभावको अवस्था समेत सिर्जना भएको थियो । अबको चरणमा समेत सोही चेन दोहोरिने सम्भावना उच्च छ । यसो भएको खण्डमा यस्ता सवारीसाधनको बिक्रीले पुनः गति लिने देखिन्छ ।
काठमाडौं – अब मास्क नलगाउने व्यक्तिदेखि निषेधाज्ञाका दौरान लगाइएको नियम...
काठमाडौं – अक्सिजन अभावलाई कम गर्न एसजी ग्रुपले पोर्टेबल अक्सिजन ब्याग...
काठमाडौं – भोलि आइतबार देखि सवारी साधन सञ्चालन र कार्यालय सञ्चालनमा थप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...