पानी परेको बेला विद्युतीय कार चार्ज गर्दा कुन कुरामा ध्यान दिनुपर्छ, जान्नुहोस्

मनसुन चलिरहेको छ । अविरल वर्षाको समयमा विद्युतीय कार प्रयोग गर्नुहुन्छ भने सबैभन्दा ठुलो समस्या ईभी चार्जमा हुन सक्छ । मनसुनमा इलेक्ट्रिक कार चार्ज गर्दा केही कुरामा ध्यान दिनुपर्छ ।

यद्यपि ईभी कार निर्माण गर्दा कम्पनीले विभिन्न चरणमा यसको सुरक्षालाई ध्यानमा राखेको हुन्छ । तर पनि वर्षाको समयमा ईभी गाडी चार्ज गर्दा लापरबाही भने गर्नु हुँदैन । यसो गर्दा गाडीका साथै चार्ज गर्ने व्यक्तिलाई पनि हानी हुन सक्छ ।

मनसुनमा सकेसम्म पानी नभएको ठाउँमा गाडी चार्ज गर्ने प्रयास गर्नुपर्छ । वर्षाको समयमा करेन्टको जोखिम पनि बढेको हुन्छ । यस्तो अवस्थामा कारलाई ठुलो क्षति हुन सक्ने सम्भावना भएको हुनाले सुरक्षित ठाउँमा गाडी चार्ज गर्ने प्रयास गर्नुपर्छ ।

मौसम धेरै खराब भएको अवस्थामा र खुला ठाउँमा कार पार्क गरिएको अवस्थामा कार चार्ज गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ । खराब मौसममा चट्याङ पर्ने सम्भावना भएको हुनाले खुल्ला ठाउँमा ईभी चार्ज गर्दा खतरा बढ्न सक्छ ।

कारलाई कहिले पनि बढी चार्ज गर्नु हुँदैन। यसो गर्दा ब्याट्रीमा नराम्रो असर पर्नुका साथै खतरा पनि बढ्छ । यसका साथै गाडी चलाउँदा तुरुन्तै कार चार्जमा राख्नु हुँदैन । किनभने ड्राइभिङको समयमा कारको ब्याट्रीको तापक्रम बढी भएको हुन्छ र ड्राइभिङ लगतै चार्जमा राख्दा ओभर चार्जिङका कारण आगो लाग्ने जोखिम बढ्न सक्छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले सार्वजनिक ग-यो ५ फरक डिजाइनका एसयूभी टिजर

महिन्द्राले सार्वजनिक ग-यो ५ फरक डिजाइनका एसयूभी टिजर

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभीको टिजर जारी गरेको छ । महिन्द्राले...

दिपल ईभी बुटवलमा सार्वजनिक, डिजाइन र टेक्नोलोजीका कारण ग्राहकको रोजाइमा परेको दावी

दिपल ईभी बुटवलमा सार्वजनिक, डिजाइन र टेक्नोलोजीका कारण ग्राहकको रोजाइमा परेको दावी

बुटवल – नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै नै...

अर्थमन्त्री र अर्थसचिवले टेस्ट राइड गरे पश्चात फेरि चर्चामा विद्युतीय मोटरसाइकल ‘यात्री’

अर्थमन्त्री र अर्थसचिवले टेस्ट राइड गरे पश्चात फेरि चर्चामा विद्युतीय मोटरसाइकल ‘यात्री’

काठमाडौं – नेपाली युवा व्यवसायीहरुको स्टार्ट अप कम्पनी यात्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...