पानी परेको बेला विद्युतीय कार चार्ज गर्दा कुन कुरामा ध्यान दिनुपर्छ, जान्नुहोस्

मनसुन चलिरहेको छ । अविरल वर्षाको समयमा विद्युतीय कार प्रयोग गर्नुहुन्छ भने सबैभन्दा ठुलो समस्या ईभी चार्जमा हुन सक्छ । मनसुनमा इलेक्ट्रिक कार चार्ज गर्दा केही कुरामा ध्यान दिनुपर्छ ।

यद्यपि ईभी कार निर्माण गर्दा कम्पनीले विभिन्न चरणमा यसको सुरक्षालाई ध्यानमा राखेको हुन्छ । तर पनि वर्षाको समयमा ईभी गाडी चार्ज गर्दा लापरबाही भने गर्नु हुँदैन । यसो गर्दा गाडीका साथै चार्ज गर्ने व्यक्तिलाई पनि हानी हुन सक्छ ।

मनसुनमा सकेसम्म पानी नभएको ठाउँमा गाडी चार्ज गर्ने प्रयास गर्नुपर्छ । वर्षाको समयमा करेन्टको जोखिम पनि बढेको हुन्छ । यस्तो अवस्थामा कारलाई ठुलो क्षति हुन सक्ने सम्भावना भएको हुनाले सुरक्षित ठाउँमा गाडी चार्ज गर्ने प्रयास गर्नुपर्छ ।

मौसम धेरै खराब भएको अवस्थामा र खुला ठाउँमा कार पार्क गरिएको अवस्थामा कार चार्ज गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ । खराब मौसममा चट्याङ पर्ने सम्भावना भएको हुनाले खुल्ला ठाउँमा ईभी चार्ज गर्दा खतरा बढ्न सक्छ ।

कारलाई कहिले पनि बढी चार्ज गर्नु हुँदैन। यसो गर्दा ब्याट्रीमा नराम्रो असर पर्नुका साथै खतरा पनि बढ्छ । यसका साथै गाडी चलाउँदा तुरुन्तै कार चार्जमा राख्नु हुँदैन । किनभने ड्राइभिङको समयमा कारको ब्याट्रीको तापक्रम बढी भएको हुन्छ र ड्राइभिङ लगतै चार्जमा राख्दा ओभर चार्जिङका कारण आगो लाग्ने जोखिम बढ्न सक्छ ।

सम्बन्धित समाचारहरू

विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

हाल नेपालमा बिजुली गाडीको आयात तथा बिक्री संख्या पेट्रोल डिजेल गाडीको...

तयार भयो महिन्द्रा एक्सयुभी ४०० इभी, टाटा नेक्सन इभीसंग प्रतिस्पर्धा हुने

तयार भयो महिन्द्रा एक्सयुभी ४०० इभी, टाटा नेक्सन इभीसंग प्रतिस्पर्धा हुने

महिन्द्राले निकट भबिष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक...

नाडा अटो शोमा फोटोनका ईभी भ्यान र पीकअप ट्रक

नाडा अटो शोमा फोटोनका ईभी भ्यान र पीकअप ट्रक

काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...