स्पार्क प्लग के हो र कहिले परिवर्तन गर्नुपर्छ ?

कारको इन्जिन स्टार्ट गर्न स्पार्क प्लगको अहम भूमिका हुन्छ । यो एउटा सानो स्क्रु जस्तो भाग हो, जसले बिद्युतीय स्पार्क जेनेरेट गर्छ र यसको मद्दतले इन्जिन स्टार्ट हुन्छ ।

स्पार्क प्लग कुनै पनि सवारी साधनको इन्जिनको माथिल्लो भागमा हुन्छ । यसको काम दुई फरक इलेक्ट्रोडलाई अलग गरी इग्निशन सिस्टममा करेन्ट प्रवाह गर्नु हो । साथै यसले स्पार्क सिर्जना गर्ने काम पनि गर्छ । अर्थात्, यसको काम ऊर्जाको स्रोतलाई गतिमा रूपान्तरण गर्नु हो ।

स्पार्क प्लग विभिन्न प्रकारका हुन्छन् । यो इन्जिनको प्रकारअनुसार डिजाइन गरिएको हुन्छ । स्पार्क प्लगको छनौट इन्जिनको डिजाइन, इन्धनको प्रकार र ड्राइभिङ अवस्था जस्ता कारकमा निर्भर गर्छ । स्पार्क प्लग विभिन्न गुणस्तरको हुन्छ । स्पार्क प्लग बिना सवारी साधन चल्न सक्दैन ।

पुरानो वा बिग्रिएको स्पार्क प्लगले इन्जिन खराब पनि हुन सक्छ । स्पार्क प्लग खराब भएमा कुनै पनि सवारी साधनको इन्जिन स्टार्ट गर्नमा कठिनाईको सामना गर्नुपर्ने हुन्छ । यसलाई समयमै परिवर्तन गरेमा यसले सही तरिकाले काम गर्छ ।

कारलाई गति दिन धेरै पावर चाहिन्छ र खराब स्पार्क प्लगले इन्जिनको उर्जालाई कम गराउछ । यसले गति बढाउन गाह्रो बनाउँछ । कारले गति लिँदा वा पहाडमा चढ्दा झट्काको अनुभव हुन्छ भने इन्जिन खराब हुँदैछ र स्पार्क प्लग जाँच गर्ने समय भयो भन्ने बुभ्mनु पर्छ ।

कम्पनीले स्पार्क प्लग प्रत्येक ५० हजार किलोमिटरमा परिवर्तन गर्नुपर्ने सल्लाह दिएको हुन्छ । तर स्पार्क प्लगको गुणस्तरमा फरक हुने हुनाले केही १ लाख ३०हजार किलोमिटरसम्म चल्न सक्छ । जबकि सस्तो तामाबाट बनेको प्लग ४० हजार किलोमिटरसम्म टिक्न सक्छ । तर लचिलो धातुबाट बनेको स्पार्क प्लग १ लाख ६० हजार किलोमिटरसम्म टिक्न सक्छ । निश्चित दुरी पार गरिसके पछि स्पार्क प्लग परिवर्तन गर्नुपर्छ ।

समय समयमा स्पार्क प्लग परिवर्तन गर्नाले सहज इग्निशनको अनुभव गराउँछ । स्पार्क प्लगले इन्जिनलाई पनि राम्रो अवस्थामा राख्छ । स्पार्क प्लग नियमित रूपमा परिवर्तन गर्दा इन्जिनको कार्य क्षमता पनि बढाउछ ।

सम्बन्धित समाचारहरू

आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

आरएसके ट्रेडले ल्यायो हिरो एक्सपल्सको मिरर, सुलभ मूल्यमा उपलब्ध हुने

काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित कम्पनी आरएसके ट्रेड...

कारको स्पेयर टायर किन सानो हुन्छ ? अधिकांशलाई यसको वास्तविकता थाहा छैन

कारको स्पेयर टायर किन सानो हुन्छ ? अधिकांशलाई यसको वास्तविकता थाहा छैन

कारमा स्पेयर टायर सामान्य टायर भन्दा अलि सानो डिजाइन गरिएको हुन्छ । स्पेयर...

फोर्ड गाडीको बिक्रेता आकाश गोल्छाले शुरु गरे ओकाया व्याट्रीको कारोवार

फोर्ड गाडीको बिक्रेता आकाश गोल्छाले शुरु गरे ओकाया व्याट्रीको कारोवार

फोर्ड गाडीको आधिकारिक विक्रेता समेत रहेका आकाश गोल्छा व्याट्रीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...