स्पार्क प्लग के हो र कहिले परिवर्तन गर्नुपर्छ ?

कारको इन्जिन स्टार्ट गर्न स्पार्क प्लगको अहम भूमिका हुन्छ । यो एउटा सानो स्क्रु जस्तो भाग हो, जसले बिद्युतीय स्पार्क जेनेरेट गर्छ र यसको मद्दतले इन्जिन स्टार्ट हुन्छ ।

स्पार्क प्लग कुनै पनि सवारी साधनको इन्जिनको माथिल्लो भागमा हुन्छ । यसको काम दुई फरक इलेक्ट्रोडलाई अलग गरी इग्निशन सिस्टममा करेन्ट प्रवाह गर्नु हो । साथै यसले स्पार्क सिर्जना गर्ने काम पनि गर्छ । अर्थात्, यसको काम ऊर्जाको स्रोतलाई गतिमा रूपान्तरण गर्नु हो ।

स्पार्क प्लग विभिन्न प्रकारका हुन्छन् । यो इन्जिनको प्रकारअनुसार डिजाइन गरिएको हुन्छ । स्पार्क प्लगको छनौट इन्जिनको डिजाइन, इन्धनको प्रकार र ड्राइभिङ अवस्था जस्ता कारकमा निर्भर गर्छ । स्पार्क प्लग विभिन्न गुणस्तरको हुन्छ । स्पार्क प्लग बिना सवारी साधन चल्न सक्दैन ।

पुरानो वा बिग्रिएको स्पार्क प्लगले इन्जिन खराब पनि हुन सक्छ । स्पार्क प्लग खराब भएमा कुनै पनि सवारी साधनको इन्जिन स्टार्ट गर्नमा कठिनाईको सामना गर्नुपर्ने हुन्छ । यसलाई समयमै परिवर्तन गरेमा यसले सही तरिकाले काम गर्छ ।

कारलाई गति दिन धेरै पावर चाहिन्छ र खराब स्पार्क प्लगले इन्जिनको उर्जालाई कम गराउछ । यसले गति बढाउन गाह्रो बनाउँछ । कारले गति लिँदा वा पहाडमा चढ्दा झट्काको अनुभव हुन्छ भने इन्जिन खराब हुँदैछ र स्पार्क प्लग जाँच गर्ने समय भयो भन्ने बुभ्mनु पर्छ ।

कम्पनीले स्पार्क प्लग प्रत्येक ५० हजार किलोमिटरमा परिवर्तन गर्नुपर्ने सल्लाह दिएको हुन्छ । तर स्पार्क प्लगको गुणस्तरमा फरक हुने हुनाले केही १ लाख ३०हजार किलोमिटरसम्म चल्न सक्छ । जबकि सस्तो तामाबाट बनेको प्लग ४० हजार किलोमिटरसम्म टिक्न सक्छ । तर लचिलो धातुबाट बनेको स्पार्क प्लग १ लाख ६० हजार किलोमिटरसम्म टिक्न सक्छ । निश्चित दुरी पार गरिसके पछि स्पार्क प्लग परिवर्तन गर्नुपर्छ ।

समय समयमा स्पार्क प्लग परिवर्तन गर्नाले सहज इग्निशनको अनुभव गराउँछ । स्पार्क प्लगले इन्जिनलाई पनि राम्रो अवस्थामा राख्छ । स्पार्क प्लग नियमित रूपमा परिवर्तन गर्दा इन्जिनको कार्य क्षमता पनि बढाउछ ।

सम्बन्धित समाचारहरू

एमके रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

एमके रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

काठमाडौं – एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका...

सेल्फ र किक दुवैबाट स्टार्ट भएन बाइक ? यसो गरौ

सेल्फ र किक दुवैबाट स्टार्ट भएन बाइक ? यसो गरौ

हाल उपलब्ध अधिकांश स्पोर्ट्स बाइकमा सेल्फ स्टार्ट मात्र जडान गरिएको हुन्छ...

क्युमिन्सको फ्लिट मिट सम्पन्न, क्लच र ब्रेक लाइनिङ सार्वजनिक

क्युमिन्सको फ्लिट मिट सम्पन्न, क्लच र ब्रेक लाइनिङ सार्वजनिक

काठमाडौं – क्युमिन्स इन्डियाको नेपालका लागि आधिकारिक वितरक शुभम पावर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...