६२० किमी रेन्ज दिने स्काइवेलका विद्युतीय कार नेपाल प्रस्थान, जनवरीमै नेपाल भित्रिने
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा बढी रेन्जको इलेक्ट्रिक कार...
आजभोलि नयाँ कार किन्ने सोच बनाउने धेरै ग्राहकहरूले एउटा शब्द बारम्बार सुन्न थालेका छन्, त्यो हो एडास । केही वर्षअघिसम्म सो सुविधा लक्जरी कारमा मात्र सीमित थियो, तर अहिले भने बिस्तारै सामान्य कारमा पनि प्रवेश गरिरहेको छ।
एडास अर्थात् एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम । यो गाडी चलाउने क्रममा चालकलाई सहयोग गर्ने विभिन्न इलेक्ट्रोनिक प्रविधिहरूको समूह हो । सो सिस्टमले गाडी वरपरको अवस्थालाई बुझ्न क्यामेरा, राडार र अन्य सेन्सरहरूको प्रयोग गर्छ। यदि सम्भावित खतरा देखियो भने, यसले चालकलाई चेतावनी दिन्छ वा केही अवस्थामा दुर्घटना रोक्न सानो हस्तक्षेपसमेत गर्न सक्छ। यसलाई एक प्रकारको डिजिटल सहचालकका रूपमा बुझ्न सकिन्छ ।
बजारमा अहिले उपलब्ध अधिकांश कारमा लेभल १ वा लेभल २ एडास सिस्टम पाइन्छ। यी सिस्टमले ब्रेकिङ, स्टेयरिङ र गति नियन्त्रणमा सहयोग गर्न सक्छ, तर गाडीलाई पूर्ण रूपमा आफैं चलाउन सक्षम हुँदैन । एडासअन्तर्गतका केही प्रमुख सुविधामा अटोमेटिक इमरजेन्सी ब्रेकिङ पर्छ, जसले टक्करको जोखिम देखेपछि आफैं ब्रेक लगाउन सक्छ। त्यस्तै एडाप्टिभ क्रुज कन्ट्रोलले अगाडिको गाडीबाट सुरक्षित दूरी कायम राख्छ। यसमा लेन डिपार्चर वार्निङ र लेन किप असिस्ट, ब्लाइन्ड स्पट मनिटरिङ, हाई बीम असिस्ट र ड्राइभर अटेशन वार्निङ जस्ता सुविधा हुन्छ ।
यद्यपि, एडास प्रविधिको प्रभावकारिता सडक अवस्थामाथि निर्भर हुन्छ । सडकमा लेन चिन्ह स्पष्ट नहुँदा, ट्राफिक व्यवहार अनियमितता र दुई पाङ्ग्रे सवारी तथा पैदलयात्रीको गतिविधि अप्रत्याशित हुँदा एडास सुविधा प्रभावकारी नहुन सक्छ । उदाहरणका लागि, लेन किप असिस्टले स्पष्ट लेन चिन्ह भएको सडकमा मात्र राम्रोसँग काम गर्छ।
तर पनि केही सुविधाहरू भने निकै उपयोगी देखिएका छन्। जस्तै अटोमेटिक इमर्जेन्सी ब्रेकिङले भीडभाडमा हुने आकस्मिक दुर्घटना कम गर्न मद्दत पुर्याउन सक्छ। ब्लाइन्ड स्पट मनिटरिङले राजमार्गमा मोटरसाइकलजस्ता साना सवारी पत्ता लगाउन सहयोग गर्छ। रियर क्रस ट्राफिक वार्निङले पार्किङबाट पछाडि फर्कँदा आउने सवारीबारे जानकारी दिन्छ भने ड्राइभर अटेशन वार्निङले लामो यात्रामा सुरक्षालाई बढाउँछ।
एडास सिस्टम विशेषगरी राजमार्ग र एक्सप्रेसवे जस्ता व्यवस्थित सडकमा अझ राम्रोसँग काम गर्छ, जहाँ लेन स्पष्ट हुन्छ र ट्राफिक एकै दिशामा चल्छ। यस्ता अवस्थामा एडाप्टिभ क्रुज कन्ट्रोल र लेन किप असिस्ट सुविधा निकै प्रभावकारी देखिन्छ । तर भीडभाडयुक्त शहरी सडकहरूमा यसको उपयोगिता केही सीमित हुन सक्छ।
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा बढी रेन्जको इलेक्ट्रिक कार...
सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले पोखराको...
काठमाडौं – हुन्डाइले हिजो सिन्धुलीको मुलकोटमा नयाँ चार्जिङ स्टेशन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...