आइतबार नेपालमा समेत दुर्घटना पीडितहरुको सम्झनामा विश्व स्मरण दिवस मनाइने

काठमाडौं – आगामी आइतबार कात्तिक ३० अर्थात नोभेम्बर महिनाको तेस्रो आइतबार हो । यो दिनमा सडक दुर्घटना पीडितहरुको सम्झनामा विश्व स्मरण दिवस मनाइने गरिन्छ । नेपालमा समेत विभिन्न संघ संस्थाहरुले यो दिवस मनाउने गर्छन् ।

यसै सन्दर्भमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले पनि विभिन्न कार्यक्रम गरी सो दिवस मनाउने तयारी गरेको बताएको छ । यस अनुसार आइतबार नै नासा नेपालले पीडित परिवारसँगको सहकार्यमा टुगेदर फर रोड ट्राफिक भिक्टिम्स राष्ट्रिय अभियान सुरु गर्दैछ ।

सुरक्षित यात्राको अधिकार मेरो मानव अधिकारको आह्वान सहित शुरू हुने सो बार्षिक अभियान अन्तर्गत पीडितको डाटा संकलन, कानुनी सहयोग, काउन्सिलिङ, तालिम र रोजगारीमा सहजीकरण, सोसियल मिडिया मार्फत केशहरुको सार्वजनिकीकरण, पीडितको संरक्षण र सहयोगको लागि सरकारी निकायमा लबिङ तथा सुधारका उपायका लागि आवश्यक दबाब जस्ता कार्य हुनेछन् ।

‘सुरक्षित यात्राको अधिकार, मेरो मानव अधिकार’ अन्तर्गत ‘टुगेदर फर रोड ट्राफिक भिक्टिम्स’ थिममा विभिन्न कार्यक्रम गरिने छ । यस अन्तर्गत राइट टु मोबिलिटी विदआउट फियर; आकस्मिक उद्दार, उपचार र पुनस्र्थापनाको अधिकार; दिगो, सहज, व्यवस्थित र भयरहित आवतजावतको अधिकार; सामाजिक न्याय तथा सरकारी सेवामा समान पहुँचको अधिकार; गुणस्तरीय र वातावरणमैत्री सार्वजनिक यातायात सेवाको अधिकार; सम्मानपूर्वक बाँच्न, अकाल मृत्यु र अपांगता हुनबाट जोगिने अधिकार पर्छन् ।

यसै सन्दर्भमा एक अन्तरक्रिया र स्मरण कार्यक्रम आयोजना गरिने छ । विश्व र नेपालमा हुने सडक दुर्घटना र यसबाट पीडित भएका व्यक्तिहरुको सहभागितामा गरिने सो कार्यक्रममा मानव अधिकार, उपभोक्ता अधिकार, सार्वजनिक यातायात, आपतकालीन सेवा, राज्यको दायित्व र कानुनी संरक्षण लगायतका विषयमा चर्चा गरिने छ ।

२१ बर्ष अघि संयुक्त राष्ट्र संघको आह्वानमा शुरू भएको यो स्मरण दिवसको मूल थिम रिमेम्बर, सपोर्ट र एक्ट रहेको छ। १५ बर्ष अघि बाट यो स्मरण दिवस मनाउन शुरु गरेको हो भने हाल नासा फाउन्डेसन, सुरक्षित यात्रा अभियान र नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी नेपाल लगायतले मनाइरहेका छन् ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सर्वप्रथम सन् १९९३ देखि बेलायतबाट यस प्रकारको दिवस मनाउन थालिएको थियो । सन् १९९५ मा युरोपियन फेडरेसन अफ रोड ट्राफिक भिक्टिम्स (एफईभीआर) अन्तर्गतका विभिन्न देशले यो दिवसलाई संयुक्त रुपमा मनाउन शुरु गरे । शुरुमा यसलाई ‘युरोपियन डे अफ रिमेम्बरेन्स’ को रुपमा मनाइएको थियो । तर पछि अफ्रिका, दक्षिण अमेरिका र एसियाका विभिन्न देशले समेत मनाउन थाले ।

सन् २००० मा पोप र अन्य धार्मिक समुदायका नेताहरुले समेत यसलाई मनाउन थाले र सन् २००० देखि यसलाई ‘वल्र्ड डे’ को रुपमा मनाउन थालियो भने संयुक्त राष्ट्र संघले सन् २००५ को अक्टोबर २६ मा यसको स्वामित्व ग्रहण गरेको थियो । त्यसपछि राष्ट्र संघकै अगुवाइमा यो कार्यक्रम संचालन भइरहेको छ । नेपालमा विगत केही वर्ष यता नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को अगुवाईमा विभिन्न संघ संस्थाहरुको सहकार्यमा यो दिवस मनाइदै आएको छ ।

आज रोड क्र्यास एउटा भयावह समस्या बन्दै गइरहेको छ जसले सिंगो परिवार समाज र राष्ट्र नै विघटनको दिशातर्फ लादैछ, सामाजिक आर्थिक र भावनात्मक रुपमा।

आज संसारमा सडक दुर्घटनाका कारण धेरैको अकाल मृत्यु, करोडौंको अंगभंग र अपाङ्गको अवस्था अनि खरबौंको आर्थिक क्षतिको त्रासदीमा हामी बाँचिरहका छौं । त्यसबाट छुटकारा पाउने विभिन्न अभियानहरु विश्वव्यापी रुपमै चलिरहेका छन् र नेपालमै पनि ।

नेपालमा आज सडक दुर्घटना अकाल मृत्युको पहिलो कारण हो भन्दा फरक नपर्ला । विगत एक दशक देखि नेपालमा सुरक्षित सडक र सवारीको क्षेत्रमा संगठित प्रयास शुरु भएको छ । जसले सरकारसँग विभिन्न क्षेत्र र कार्यक्रममा हातेमालो गरिरहेको पनि छ । साथै युएन एजेन्सीहरु, डब्लुएचओ, एफआईए, ग्लोबल एलायन्स तथा आईआरभीपी जस्ता विश्व संगठनहरु यो अभियानमा सक्रिय छन् ।

संसारमा प्रत्येक वर्ष १३ लाख भन्दा धेरै मानिस सडक दुर्घटना जस्तो मानवीय लापरबाहीका कारण अकाल मृत्युवरण गर्ने गर्छन्। सामान्यतः सही नीति र कानुन नबन्दा, बनेका कानुन कार्यान्वयन नहुँदा, आवश्यक पूर्वाधारको अभाव हुँदा, नेतृत्व नीतिहीन र कमजर हुँदा, कर्मचारी भ्रष्ट र गैरजिम्मेवार हुँदा, सुरक्षामा बजेट विनियोन नहुँदा, रणनीतिक योजना र एक्सन नहुँदा, अंतर सरकारी समन्वय नहुँदा, रोड सेफ्टी काउन्सिल नहुँदा, स्तरीय ड्राइभिङ स्कुल नहुँदा, सार्वजनिक यातयात बद्नाम हुँदा जस्ता कारण यसमा जिम्मेवार छन् ।

सम्बन्धित समाचारहरू

पोलिसी डायलगमा मन्त्री देखि अभियन्ता सम्म, चर्चामा अटोमोबाइल तथा बेटर मोबिलिटी

पोलिसी डायलगमा मन्त्री देखि अभियन्ता सम्म, चर्चामा अटोमोबाइल तथा बेटर मोबिलिटी

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा देश विदेशका...

युथ फर रोड सेफ्टी सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला मोरङमा सम्पन्न

युथ फर रोड सेफ्टी सम्बन्धी क्षमता अभिवृद्धि कार्यशाला मोरङमा सम्पन्न

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) तथा युथ फर रोड सेफ्टी इन नेपालको...

कोलकाताबाट लण्डन जाने क्रममा नेपाल आइपुगे ‘द रोडिसी’ का यात्रु, नेपालमा गरियो स्वागत

कोलकाताबाट लण्डन जाने क्रममा नेपाल आइपुगे ‘द रोडिसी’ का यात्रु, नेपालमा गरियो स्वागत

काठमाडौं – कुनै बेला कोलकाताबाट लण्डन सम्म जाने बस यात्राको सम्झनामा ९ जना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...