नेपालमा टाटा नेक्सन ईभी किन्नेले अब १ महिनामै डेलिभरी पाउने, १८०० भन्दा धेरै बिक्री

काठमाडौं – नेपालमा टाटाको नेक्सन ईभी किन्ने ग्राहकले अर्डर गरेको एक महिनाको अवधिमै गाडी डेलिभरी पाउने भएका छन्।

टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार टाटा मोटर्सले पछिल्लो समय नेपालको लागि राम्रो सप्लाई दिएकाले अबदेखि नेक्सन ईभी एक महिनाको अवधिमा डेलिभरी हुने भएको हो।

यसका साथै हालसम्म कम्पनीले नेक्सन ईभी मात्र नेपालमा १८०० भन्दा धेरै बिक्री गरिसकेको जनाएको छ। सिप्रदीले गत वर्षको साउनमा उक्त ईभीलाई नेपाली बजारमा भित्र्याएको थियो। सुरुमा यस ईभीको वेटिङ समय ४–६ महिनासम्मको थियो। तर पछि टाटाले नेपालमा यसको माग अत्यधिक रुपमा भएपछि वेटिङ समय घटाउन थालेको थियो।

त्यही योजना अनुसार टाटाले सिप्रदीलाई मासिक २५० युनिट भन्दा धेरै नेक्सन ईभी र टिगोर ईभी सप्लाई गरिरहेको छ। कम्पनीका अनुसार यो संख्या बढेर ३०० युनिटको हाराहारीमा पुग्ने पनि अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार नेक्सन ईभीको लागि अझै बुकिङ मात्र १ हजार युनिटभन्दा धेरै रहेको छ।

सरकारले १०० किलोवाट क्षमताभन्दा माथिका ईभीमा लगाएको प्रतिबन्धले धेरै गाडीहरुको मूल्य बढ्यो तर यो गाडी १०० किलोवाट क्षमताभन्दा कम भएकाले यसको मूल्यमा केही घटबढ भएन। जसले गर्दा यसको रेन्ज, फिचर र मूल्यका कारण नेपालीले धेरै रुचाएको सिप्रदीले जनाएको छ।

यस्तै सिप्रदीले विभिन्न बैंकहरुसँग सहकार्य गरी ईभीका लागि १२.९ प्रतिशत ब्याजमा ८० प्रतिशतसम्म ऋण उपलब्ध गराउदै आएको छ। यसले पनि ईभीको बिक्री बढेको कम्पनीको भनाइ छ।

यस्तै सिप्रदीले १९ वटा फाष्ट चार्जिङ स्टेसनहरु निर्माण गरेर संचालनमा ल्याएको छ। यसले गर्दा ग्राहकहरुलाई यात्रा गर्दा सहज वातावरण सिर्जना भएको छ।

यसभन्दा अघि कम्पनीले १६ वटा मात्र फाष्ट चार्जिङ स्टेसन निर्माण गरेको थियो तर यसको माग बढेपछि कम्पनीले केही दिन अगाडी फेरी ३ वटा चार्जिङ स्टेसन संचालनमा ल्याएको हो।

यस्तो छ यो ईभी
अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित नेक्सन ईभीमा ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान गरिएको छ। त्यस्तै नेक्सन–ईभीमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ। त्यसैले यसलाई सरकारले बढाएको करले असर गर्न सकेन।

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक एसयुभी मध्य सबैभन्दा धेरै २०५ एमएमको ग्राउण्ड क्लिरियन्स रहेको छ। जसले गर्दा नेपाली सडकमा धेरै सहज हुने छ। यसले एक पटकको फुल चार्जमा ३१२ किलोमिटर गुडाउन सकिने कम्पनिको दावी छ।

तर गाडीले रियल रेन्ज भने २१० देखि २४० किलोमिटरसम्मको मात्र प्रदान गर्दछ।
गाडीले १२९ पिएस पावर र २४५ एनएमको टर्क उत्पादन गर्छ। यसमा भएको ब्याट्रीमा कम्पनीले एक लाख ६० हजार किलोमिटर वा ८ वर्ष र गाडीमा एक लाख २५ हजार किलोमिटर वा ३ वर्षको वारेन्टी प्रदान गरिरहेको छ।

नेक्सन ईभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो ब्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डाइमन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्यान्डल जस्ता फिचर पाउन सकिन्छ।

यसको इन्टेरियरमा ट्राइयरो थिम पाउन सकिन्छ। लेदरको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट, ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोब बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्स्ट्रयुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ।

यसको मूल्य नेपाली बजारमा भेरियन्ट अनुसार ३८ लाख ९९ हजारदेखि ४२ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ। यस्तै टिगोर ईभीको भने २९ लाख ९९ हजारदेखि ३३ लाख ४९ हजार रुपैयाँसम्म रहेको छ।

सम्बन्धित समाचारहरू

अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो पियाजियो वान इलेक्ट्रिक स्कुटर

अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो पियाजियो वान इलेक्ट्रिक स्कुटर

केही दिन पहिले बेइजिङ मोटर शोमा सार्वजनिक गरिएको पियाजियोको इलेक्ट्रिक...

आईएमई इलेक्ट्रिक बन्यो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर

आईएमई इलेक्ट्रिक बन्यो मोटुल लुब्रिकेन्टको आउटस्ट्यान्डिङ बिजनेस पार्टनर

काठमाडौं – मोटुल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक आईएमई...

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सोरुम भिजिट गर्दा सलमान खान शो टिकटका साथै इलेक्ट्रिक स्कुटर पाइने

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सोरुम भिजिट गर्दा सलमान खान शो टिकटका साथै इलेक्ट्रिक स्कुटर पाइने

काठमाडौं – नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...