यी एसयूभी किन्न भारतमै २१ महिना सम्म पर्खिनु पर्ने, नेपालमा कहिले ?

कार निर्माणमा प्रयोग हुने सेमीकन्डक्टरको अभावका कारण एसयूभीको लागि लामो प्रतीक्षा गर्नु परेको छ । अहिले सेमीकन्डक्टरको अभावका कारण धेरै कार निर्माता कम्पनी संघर्षरत छन् । यसका कारण विभिन्न लोकप्रिय एसयूभी खरिदका लागि लामो प्रतीक्षा गर्नुपरेको छ ।

महिन्द्रा एक्सयूी७०० को अन्य एसयूभीहरू मध्ये सबैभन्दा लामो प्रतीक्षा अवधि छ । सो एसयूभीको केही भेरिएन्टका लागि २१ महिना कुर्नुपर्ने हुन सक्छ । यद्यपि धेरैजसो बुकिङ सामान्यतया केही महिना भित्र पूरा हुन्छ ।

महिन्द्रा थारको पनि धेरै प्रतीक्षा अवधि छ । यसको भेरिएन्टको आधारमा ११ महिनासम्म प्रतीक्षा अवधि छ । विश्वव्यापी चिपको अभाव र बढ्दो उत्पादन लागतका कारण कम्पनीले थार एसयूभीबाट केही फिचर्स हटाएको छ ।

हुन्डाई क्रेटा हाल भारतीय बजारमा सबैभन्दा लोकप्रिय कार मध्ये एक हो र यसको पनि लामो प्रतीक्षा अवधि छ । हुन्डाई क्रेटाका केही भेरिएन्टका लागि ६ महिनासम्म पर्खनु पर्ने हुन्छ । सो एसयूभीको डिजेल भर्सनको लागि सबैभन्दा लामो प्रतीक्षा अवधि रहेको छ ।

त्यस्तै, किया सोनेटको प्रतीक्षा अवधि ३ देखि ६ महिना सम्मको छ । कियाले भारतमा हालसम्म १ लाख ५ हजार युनिट बिक्री गरिसकेको छ । टोयोटा फच्र्युनर भारतीय बजारमा निकै लोकप्रिय एसयूभी हो र हाल यसको प्रतीक्षा अवधि ४ महिनासम्म छ ।

भारतमै यति लामो प्रतीक्षा अवधि भएका कारण महिन्द्रा एक्सयूभी७०० र थार नेपाली बजारमा आउन सकेका छैनन् । त्यसैगरी हुन्डाई क्रेटा, किया सोनेट आदि पनि भने जस्तो भेरिएन्ट र कलरका लागि लामो प्रतीक्षा गर्नुपर्ने अवस्था छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा बोलेरो, स्कोर्पियो वा अन्य कुन गाडी किन्ने ? यस्तो छ नयाँ मूल्य सूची

महिन्द्रा बोलेरो, स्कोर्पियो वा अन्य कुन गाडी किन्ने ? यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा उपलब्ध महिन्द्राका विभिन्न मोडलका गाडीको नयाँ...

अब जावा मोटरसाइकल किन्दा फ्ल्याट १५ हजार डिस्काउन्ट, यस्तो छ सबै मोडलको मूल्य

अब जावा मोटरसाइकल किन्दा फ्ल्याट १५ हजार डिस्काउन्ट, यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक, अग्नि ग्रुपको...

जावा मोटरसाइकलको बीएस६ मोडल अब नेपाली बजारमा, क्रस पोट लेआउटको व्यवस्था

जावा मोटरसाइकलको बीएस६ मोडल अब नेपाली बजारमा, क्रस पोट लेआउटको व्यवस्था

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक एवं अग्नि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...