भारतमा आगामी जनवरी १३ देखि १८ सम्म अटो एक्सपो हुने

भारतमा आगामी जनवरी १३ देखि १८ सम्म अटो एक्सपो हुने भएको छ । हरेक २ वर्षमा आयोजना हुने अटो एक्सपो २०२२ मा कोभिड–१९ को कारण हुन सकेको थिएन । यसको अन्तिम संस्करण सन् २०२० मा गरिएको थियो, तर अब अटो एक्सपोको अर्को संस्करण भने हुने भएको छ ।

रिपोर्टका अनुसार अटो एक्स्पोको अर्को संस्करण सन् २०२३ जनवरी १३ देखि १८ सम्म हुने भएको छ । अटो एक्स्पोको यो संस्करण ग्रेटर नोएडामा हुने तय गरिएको छ ।

सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) का महानिर्देशक राजेश मेननले पीटीआईलाई इन्डिया एक्सपो मार्ट ग्रेटर नोएडामा हुने मोटर शो जनवरी १३–१८, २०२३ मा हुने पुष्टि गरेका छन् । जनवरी ११ मा मिडियाका लागि विशेष दिन तोकिएको छ ।

जनवरी १२ मा मिडिया, विशिष्ट व्यक्ति र डिलरहरूको लागि उद्घाटन समारोह हुनेछ । जहाँ अटो एक्सपो ग्रेटर नोएडामा आयोजना हुनेछ र अटो कम्पोनेन्ट शो नयाँ प्रगति मैदान कम्प्लेक्समा आयोजना हुनेछ ।

राजेश मेननले गत वर्ष अगस्टमा जारी गरेको विज्ञप्तिमा अटो एक्स्पोजस्ता व्यापार–उपभोक्ता शोमा ठूलो संख्यामा मानिसहरू सहभागी हुने र सामाजिक दुरी कायम राख्न कठिनाइ हुने भएकोले संक्रमण फैलिने जोखिम धेरै हुने कुरा औंल्याएका थिए । २०२२ मा हुने भनिएको अटो एक्स्पो द मोटर शो कोभिड–१९ को त्रासको कारण तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको थियो ।

यो भन्दा पहिले अटो एक्स्पो २०२० मा कुल ६ लाखभन्दा बढीले अवलोकन गरेका थिए ।

नेपालसँग जोडिएको र धेरै ब्रान्ड नेपालमा समेत उपलब्ध हुने भएकाले नेपाली अटोमोबाइल व्यवसायीहरुका लागि समेत भारतमा हुने अटो एक्सपो विशेष महत्वको हुने गर्छ । नेपाली अटोमोबाइल व्यवसायीहरु समेत यसमा सहभागी हुने गर्छन् ।

सम्बन्धित समाचारहरू

लक्जरी प्याकेज सहितको फक्सवागन ट्वारेग–आर नेपाली बजारमा, मूल्य ३ करोड २५ लाख

लक्जरी प्याकेज सहितको फक्सवागन ट्वारेग–आर नेपाली बजारमा, मूल्य ३ करोड २५ लाख

काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल...

फक्सवागन टाइगुन बन्यो सबैभन्दा सुरक्षित एसयूभी, दुर्घटना परीक्षणमा पायो ५ स्टारको रेटिङ

फक्सवागन टाइगुन बन्यो सबैभन्दा सुरक्षित एसयूभी, दुर्घटना परीक्षणमा पायो ५ स्टारको रेटिङ

फक्सवागन टाइगुनको हालै ल्याटिन एसीएपीद्वारा गरिएको सेफ्टी रेटिङमा ५...

आजदेखी फक्सवागन गाडीको एक्सचेन्ज अफर, यस्तो छ छुट र सुविधा

आजदेखी फक्सवागन गाडीको एक्सचेन्ज अफर, यस्तो छ छुट र सुविधा

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...