विशेष अफरका साथ नामी भिगो अब इटहरीमा पनि
काठमाडौं–डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि...
पोखरा - बराल ग्रुप अन्तर्गतको सहायक कम्पनी तथा नेपालका लागि ओमोड़ा जेइको, आइकार तथा निसान गाडीको अधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि अन्तर्गतको आधिकारिक विक्रेता, एलिट मोटर्स प्रालिले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा आयोजित वाडा अटो शो २०२६ मा सहभागिता जनाउने भएको छ।
पाँच दिनसम्म सञ्चालन हुने उक्त अटो प्रदर्शनी चैत ११ देखि १५, २०८२सम्म पोखराको ताल बाराही चोक मैदानमा आयोजना हुँदैछ, जहाँ अटोमोबाइल क्षेत्रमा भएका नवीनतम प्रविधि र मोडेलहरू अवलोकन गर्न पाइनेछ। एलिट मोटर्सले स्टल नम्बर ए६ र ए८मा ओ मोडा ई५, जेइको जे५, हालै सार्वजनिक गरिएको जेइको जे६टी, निसान म्याग्नाइट तथा आइकार भी२३ लगायतका सवारी साधनहरू प्रदर्शन गर्नेछ। प्रदर्शनीमा आउने अवलोकनकर्ताहरूले यी सवारी साधनहरू नजिकबाट अवलोकन गर्न पाउनुका साथै विशेष समयावधिका लागि उपलब्ध आकर्षक अफरहरूको लाभ लिन सक्नेछन्।
त्यसैगरी, प्रदर्शनी अवधिभर तत्काल बुकिङ गर्ने ग्राहकहरूका लागि विशेष छुट तथा सुविधा पनि प्रदान गरिनेछ। साथै, आगन्तुकहरूले अटोमोबाइल क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया गरी सवारी साधनमा प्रयोग भएका नवीनतम प्रविधि र विशेषताबारे जानकारी हासिल गर्न सक्नेछन्।
एलिट मोटर्सले सम्पूर्ण सवारी साधनप्रेमी, सम्भावित ग्राहक तथा सर्वसाधारणलाई प्रदर्शनीमा उपस्थित भई निसान, ओमोडा, जेको र आइकार जस्ता अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधनहरूको अनुभव लिन तथा उपलब्ध विशेष अफरहरूको फाइदा उठाउन हार्दिक निमन्त्रणा गरेको छ।
काठमाडौं–डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि...
काठमाडौं – बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स...
काठमडौं– नेपाली बाजरमा अर्को एक नयाँ ब्राण्डको कमर्सियल इभी भित्रिने भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...