महिन्द्रा ईभीमा फक्सवागनको ब्याट्री

भारतीय अटो उत्पादक महिन्द्रा र जर्मन लक्जरी ब्राण्ड फक्सवागनविच इलेक्ट्रिक कारमा कम्पोनेन्ट सेयर गर्ने विषयमा सम्झौता भएको छ । आफ्नो ईभी आर्किटेक्चर ’एमईभी’ महिन्द्रालाई सेयर गर्न फक्सवागनले सन् २०२२ मै सहमती जनाएको थियो । अहिले यी दुई कम्पनीविच ब्याट्री र कम्पोनेन्ट पनि सेयर गर्ने विषयमा अर्को समझदारी वनेको हो ।

उक्त समझदारी अनुुसार महिन्द्राका इंग्लो प्लेटफर्ममा आधारित ईभीमा फक्सवागनले ब्याट्री सप्लाई गर्नेछ । साथै यी दुई कम्पनी मिलेर भारतमा ब्याट्री उत्पादन गर्न छिट्टै पहल गर्ने विषयमा समेत सहमती जुटेको छ । सम्झौता अनुसार फक्सवागनले महिन्द्रालाई ५० गिगावाट आवर ब्याट्री उपलब्ध गराउनेछ ।

फक्सवागनबाट ब्याट्री पाउने सहमतीपछि महिन्द्राले यसै वर्षको अन्तिमबाट इंग्लोमा आधारित नयाँ इभीको उत्पादन सुरु जनाएको छ । साथै कम्पनीको अर्को वर्न ईभी प्रोजेक्टमा फक्सवागनले विभिन्न कम्पोनेन्ट समेत सप्लाई गर्ने सहमती भएको हो । फक्सवागनले आफ्नो एमईबी प्लेटफर्ममा आधारित कम्पोनेन्ट महिन्द्रालाई सप्लाई गर्नेछ ।

महिन्द्राले हाल भारतमा एक्सयुभी ४०० ईभी बिक्री गर्दै आएको छ भने अर्को वर्षदेखी इंग्लो प्लेटफर्मममा आधारित नयाँ मोडलका कार ल्याउने योजना बनाएको छ । उता फक्सवागन अन्तर्गतको स्कोडले इनायक ईभीलाई लन्च गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा एक्सयूभी ३०० अब हुनेछ महिन्द्रा एक्सयूभी थ्रीएक्सओ, थपिदै थुप्रै फिचर

महिन्द्रा एक्सयूभी ३०० अब हुनेछ महिन्द्रा एक्सयूभी थ्रीएक्सओ, थपिदै थुप्रै फिचर

महिन्द्रा एण्ड महिन्द्राले यो वर्ष आफ्नो पोर्टफोलियो विस्तार गर्ने तयारी...

महिन्द्रा एक्सयुभी ७०० को नयाँ सेफ्टी फिचर : चालक निदाएपछि दिनेछ सावधान सूचक सन्देश

महिन्द्रा एक्सयुभी ७०० को नयाँ सेफ्टी फिचर : चालक निदाएपछि दिनेछ सावधान सूचक सन्देश

महिन्द्राको नयाँ प्रिमियम एसयूभी एक्सयुभी७०० आधिकारिक रुपमा डेब्यू...

जावा ४२ २.१ को खुल्यो बुकिङ, १५ हजारमा बुकिङ गर्न सकिने

जावा ४२ २.१ को खुल्यो बुकिङ, १५ हजारमा बुकिङ गर्न सकिने

काठमाडौं – नेपाली बजारमा जावाको नयाँ मोटरसाइकल जावा ४२ २.१ बीएस६ भर्सनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...