काठमाडौं – हार्टफोर्ड बाइकको नेपालका लागि आधिकारिक वितरक इग्निसन अटोले भोलि शनिबार ‘भीआर एक्स्प्लोरिङ एड्भेन्चर’ नामक टुरिङ कार्यक्रम आयोजना गर्ने भएको छ ।
सो अनुसार विहान ८ बजे हार्टफोर्डको त्रिपुरेश्वरस्थित सोरुमबाट टुरिङ ¥याली प्रारम्भ हुनेछ । हार्टफोर्ड बाइक सम्मिलित सो ¥याली सुन्धारा, वीर अस्पताल, जमल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज र बुढानिलकन्ठ हुँदै तारेभीर पुग्ने छ ।
सो स्थानमा मनमोहक दृश्यको अवलोकनका साथ नास्ताका लागि रोकिने छ । त्यसपछि फेरि सुन्दरीजल ड्याम, चिसापानी हुँदै भोटेचौर पुगेर खाना पश्चात विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरिने छ ।
त्यसपछि साखु, थली र जोरपाटी हुँदै बौद्धको सर्भिस सेन्टरमा पुगेर समापन हुनेछ ।
कोभिड कालमा ग्राहकहरुसँग दैनिक जीवनयापन र व्यावसायिक गतिशीलताका विषयमा अन्तरक्रिया गर्न, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र सडक सुरक्षा विषयमा जनचेतना जगाउन यो कार्यक्रम आयोजना गर्न लागेको इग्निसन अटोले बताएको छ ।
नेपालमा नम्बर वान अफरोड बाइकको पहिचान कायम गरेको दावी गरिएको हार्टफोर्ड बाइकको नेपालभरका डिलरमार्फत बिक्री र बिक्री पछिको सेवा प्रवाह भइरहेको छ । नेपालमा आधिकारिक वितरक नियुक्त भए पश्चात इग्निसन अटोेले पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको हो ।
हाल नेपाली बजारमा भीआर १५० एच र २२३ एच गरी दुई मोडलका हार्टफोर्ड बाइक इग्निसन अटोले उपलब्ध गराइरहेको छ ।