ब्याट्रीमा आगो लाग्ने जोखिमका कारण ४० हजार युनिट भोल्भो ईएक्स३० रिकल

भोल्भोले ब्याट्री अत्यधिक तातो हुने समस्याका कारण आगो लाग्न सक्ने सम्भावना भएकाले आफ्ना ४० हजार भन्दा बढी विद्युतीय एसयूभी रिकल गर्ने घोषणा गरेको छ । यती धेरै संख्यामा ईएक्स३० एसयूभी फिर्ता बोलाउने कदमले अटोमेकरको प्रख्यात सुरक्षा प्रतिष्ठालाई हानि पु¥याउने र उच्च वित्तीय लागत निम्त्याउने खतरा देखिएको छ ।

भोल्भो ईएक्स३० मा जिली अन्तर्गतको कम्पनी शान्डोङ जिली सुनवोदा पावर ब्याट्री कम्पनीद्वारा निर्मित उच्च–भोल्टेज ब्याट्री सेल प्रयोग गरिएको छ ।

सबै प्रभावित कारका मालिकहरूलाई अर्को चरणको बारेमा सल्लाह दिन सम्पर्क गरिरहेको भोल्भोले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । कार फिर्ता लिने निर्णय लगत्तै कम्पनीको सेयर ४ प्रतिशतले घटेको रोयटर्सले जनाएको छ ।

नोभेम्बर २०२५ मा ब्राजिलको मासेइओमा रहेको एक डिलरशिपमा ईएक्स३० मा आगलागी भएपछि सो एसयूभीमा जडित ब्याट्रीमा समस्या रहेको रिपोर्ट बाहिर आएको थियो । रोयटर्सका अनुसार, ब्याट्री मोड्युलहरूको प्रतिस्थापन गर्न १९ करोड ५० लाख अमेरिकी डलरसम्म खर्च हुन सक्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ टोयोटाले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी, नेपालमा पनि आउने

यस्तो छ टोयोटाले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी, नेपालमा पनि आउने

टोयोटाले आफ्नो पहिलो अल इलेक्ट्रिक एसयूभी बीजेड४एक्स सार्वजनिक गरेको छ ।...

चेरीको सब–ब्रान्ड काई अटोमोबाइल्सको एक्स३ प्रो ईभी नेपाल भित्रिदै

चेरीको सब–ब्रान्ड काई अटोमोबाइल्सको एक्स३ प्रो ईभी नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा चिनियाँ अटोमोबाइल कम्पनी चेरीको सब–ब्रान्ड काई...

इनर्जिका प्रिमियम इलेक्ट्रिक मोटरसाइकलको मूल्य ४२ लाख देखि ५८ लाख सम्म

इनर्जिका प्रिमियम इलेक्ट्रिक मोटरसाइकलको मूल्य ४२ लाख देखि ५८ लाख सम्म

काठमाडौं – हालै नेपाल भित्रिएको इनर्जिका इलेक्ट्रिक मोटरसाइकलको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...