सार्वजनिक भयो फक्सवागन भर्टस, भेन्टोको स्थान लिने

फक्सवागन भर्टस सार्वजनिक भएकोे छ । सो नयाँ मोडल भारतीय बजारमा छिट्टै लन्च हुने भएको छ । फक्सवागन भर्टस नयाँ फिचर र उपकरणको साथै शानदार डिजाइनको साथ आउँदैछ । सो कारले भारतमा भेन्टोलाई प्रतिस्थापन गर्ने भएको छ । भर्टसको बुकिङ पनि सुरु भइसकेको छ ।

फक्सवागन भर्टसको अगाडि दुईवटा प्रोजेक्टर हेडलाइट सहित एलईडी डीआरएल, ड्युअल स्लेट ग्रिल एयर ड्याम र हेलोजन हेडलाइट देख्न सकिन्छ । साथै साइडमा ड्युअल टोन अलोय ह्विल, शार्क फिन एन्टेना, क्रोम इन्सर्ट सहितको डोर ह्यान्डल, कालो ओआरभीएम दिइएको छ । कारको रियरमा एलईडी टेललाइट दिइएको छ । यसलाई जीटी लाइन ट्रिममा ल्याइनेछ ।

भर्टसको लम्बाई ४४८२ एमएम, चौडाइ १७५१ एमएम, उचाई १४७२ एमएम र ह्विलवेस २६५१ एमएम रहेको छ । यो भेन्टो भन्दा ९२ एमएम लामो, ५२ एमएम चौडा, ५ एमएम अग्लो र ९८ एमएम बढी हो ।

फक्सवागन भर्टसमा १० इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ठूलो टचस्क्रिन बीडब्ल्यु इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, कनेक्टेड कार टेक्नोलोजी, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कीलेस इन्ट्री, वायरलेस चार्जिङ, रियर एयर कन्डिसन, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार टेक्नोलोजी, इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट फिचर दिइएको छ ।

फक्सवागन भर्टसमा ४० सेफ्टी फिचर दिइएको छ । यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफरेन्सियल सिस्टम, मल्टि–कोलिजन ब्रेक, रियर पार्किङ क्यामेरा, आइएसओफिक्स चाइल्ड सिट माउन्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, एबीएस, ईबीडी, फ्रन्ट र रियर पार्किङ सेन्सर दिइएको छ । कम्पनीले यसलाई ६ रङको विकल्पमा ल्याउन लागेको छ ।

सो कारमा १.० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ११० बीएचपी पावर र १७० एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा १.५ लिटर इन्जिन पनि रहेको छ, जसले १५० एचपी पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स, ६ स्पिड अटोमेटिक टर्क कन्भर्टर र ७ स्पिड डिएसजी अटोमेटिक गियर समावेश छ ।

फक्सवागन भर्टस २ भेरिएन्ट डायनामिक लाइन र जीटी लाइनमा लन्च गरिनेछ । यो कम्पनीको एमक्युबी एओ इन प्लेटफर्ममा निर्माण गरिनेछ । यो कम्पनीको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत चौथो मोडल हुनेछ । फक्सवागन भर्टस एक शानदार सेडान कार हो जुन यसको सेग्मेन्टमा सबैभन्दा लामो हुने अनुमान गरिएको छ ।

यो नयाँ कार २०२२ मा भारतमा लन्च गरिने छ । नेपाली बजारमा पनि यो कार आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

सेप्टेम्बर २३ मा लन्च हुने भयो फक्सवागन टाइगुन

सेप्टेम्बर २३ मा लन्च हुने भयो फक्सवागन टाइगुन

फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुन आगामी सेप्टेम्बर २३ अर्थात असोज ७...

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

काठमाडौं – नेपालका लागि फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल...

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

७०० किलोमिटर रेन्ज दिने फक्सवागन आईडी ७ सार्वजनिक

जर्मन अटो निर्माता फक्सवागले नयाँ इलेक्ट्रिक कार आडी७ लाई सार्वजनिक गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...