बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
फक्सवागनको मिड साइज एसयूभी टाइगुन सन् २०२१ मा लन्च हुने भएको छ । हाल यसको प्रोडक्सन मोडल परीक्षणको समयमा देखिएको छ ।
स्कोडा र फक्सवागन कम्पनीले मिड साइज एसयूभीको कन्सेप्ट एडिशन २०२० अटो एक्सपोमा प्रदर्शन गरिएको थियो । सो अवसरमा स्कोडा भिजन इन कन्सेप्ट र फक्सवागन टाइगुन पहिलो पटक शोकेश गरिएको थियो ।
यी दुई कम्पनीको २.० प्रोेजेक्ट जस्तै फक्सवागन टाइगुन पहिलो प्रोडक्ट हुनेछ । यी दुबै ब्रान्डले भारतीय बजारका लागि स्थायी भविष्यको तयारीका साथ विशेष योजना बनाइरहेका छन् ।
अनुमानित रिपोर्ट अनुसार फक्सवागन टाइगुनको बिक्री सम्भवतः सन् २०२१ को मध्यदेखि शुरु हुनेछ । हालै जर्मन अटो प्रमुखले टाइगुन एसयूभीको एक प्रोमो भिडियो सार्वजनिक गरेको छ । भारतमा सो कार ५ सिटर एडिसनमा लन्च गर्नेछ । साथै यसको लम्बाई ४ मिटर भन्दा लामो हुनेछ ।
सो कार भारमा एमक्युबी एओ इन प्लेटफर्ममा विकसित गरिने छ । कम्पनीले जारी गरेको सो ४६ सेकेन्डको भिडियो क्लिपमा टाइगुनको अर्थ बताएको छ । टाइगुनको अर्थ उर्जासँग सम्बन्धित रहेको छ ।
फक्सवागनको सो नयाँ कारमा नयाँ एलईडी टेलल्याम्प, शार्प एलईडी हेडल्याम्प, ब्ल्याक बी पिलर्स, क्रोम विन्डो लाइन र बडी कलर्ड डोर ह्यान्डल र क्रोम फ्रन्ट ग्रिल समावेश गरिएको छ । यसको साइड प्रोफाइलको फुटेज एसयूभीको स्पोर्टी क्यारेक्टर लाइन, क्रिज, रुफ माउन्टेड रियर स्पोइलर, रुफ रेल र साइड बडी क्लेडिङ रहेको छ ।
फिचरको कुरा गर्ने हो भने स्कोडा भिजन इन एसयूभी र टाइगुनमा समानता रहेको छ । सो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको साथमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ सुविधा, फ्रन्ट भेन्टिलेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम, सनरुफ जस्ता सुविधा रहेको छ ।
पावर दिनको लागि नयाँ फक्सवागन टाइगुनमा १.५ लिटर टीएसआई पेट्रोल इन्जिन समावेश गरिएको छ । जसमा म्यानुअल र अटोमेटिक ट्रान्समिशनको विकल्प रहेको छ । सो एसयूभीको हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्ससँग प्रतिस्पर्धा हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...