हिमालयन बैंकमा आज फक्सवागन टाइगुनको टेष्ट ड्राइभ

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेश्नल नेपालले आज कमालादीस्थित हिमालयन बैंकमा टेष्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । बिहान ८ बजदेखी शुरु गरिएको टेस्ट ड्राइभ साँझ ४ बजेसम्म आयोजना हुने र उक्त कार्यक्रममा गएर जोकोहीले पनि यो मिड साइज कम्प्याक्ट एसयूभीको टेस्ट ड्राइभ गर्न सकिने बताइएको छ ।

टेस्ट ड्राइभ गरेर गाडी उचित लागेमा सोही स्थानबाट बुकिङ समेत लिन सकिनेछ । यसरी बुकिङ लिँदा ग्राहकले आकर्षक नगद छुट, लोयल्टि बोनस, निशुल्क एसेसोरिज, एक आर्थिक बर्षको निशुल्क रोड ट्याक्स, एक्सचेन्ज बोनस र सहज फाइनान्सको सुबधा पाउनेछन् । यो गाडीको शुरुवाती मुल्य ५० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । सबैभन्दा महंगो भेरियन्टलाई ७० लाख ९० हजार रुपैयाँ पर्छ ।

यसै बर्षको असोज मध्येतिर लन्च गरिएको यो नयाँ एसयुभी सुपथ मूल्यमा युरोपियन ब्रान्ड चाहने ग्राहकको रोजाइमा पर्न सफल भैरहेको छ । टाइगुनमा ९९९ सीसीको टर्बो–चाज्र्ड स्ट्राटिफाइड इन्जेक्सन (टीएसआई) इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ११५ पीएस र टर्क १७८ एनएम रहेको छ । जुन सेग्मेन्टकै सबैभन्दा धेरै रहेको दाबी गरिएको छ ।
यो गाडीमा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, ठूलो ह्विलबेस, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, ३८५ लिटरको बकेट टाइप बुट स्पेस र एलईडी टेल लाइट लगायतका विभिन्न फिचर्स दिइएको छ ।

त्यसैगरी टायर प्रेसर डिफ्लेक्सन वार्निङ, बक्स सेन्सर सहितको रिभर्स क्यामेरा, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, थ्री रियर हेड रिस्ट्रेन्स, मल्टी–कोलिजन ब्रेक, हाई स्ट्रेन्थ स्टिल स्ट्रक्चर, ६ वटा सम्म एयरब्याग, सबै यात्रुका लागि थ्री प्वाइन्ट सेफ्टी बेल्ट सहित ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचर्स उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

आज धनतेरस : सोरुममा गाडी र मोटरसाइकल लिने बढ्दै

आज धनतेरस : सोरुममा गाडी र मोटरसाइकल लिने बढ्दै

आज धनतेरस । यो दिन कुनै पनि लोह वा सुन, चाँदी धातुका सामान किन्ने चलन पुरानै...

फक्सवागनको कम्प्याक्ट फेमिली कार नयाँ पोलो ट्रयाकको टिजर सार्वजनिक

फक्सवागनको कम्प्याक्ट फेमिली कार नयाँ पोलो ट्रयाकको टिजर सार्वजनिक

फक्सवागनले नयाँ पोलो ट्रयाकको टिजर जारी गरेको छ । कम्पनीको यो कम्प्याक्ट...

उत्कृष्ट फिचर्स सहित जुन ९ मा फक्सवागनको सस्तो कार लन्च हुने

उत्कृष्ट फिचर्स सहित जुन ९ मा फक्सवागनको सस्तो कार लन्च हुने

फक्सवागन इन्डियाले जुन ९ मा आफ्नो नयाँ मिड सेगमेन्ट सेडान कार भर्टस लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...