फक्सवागनको गहिरिदो संकट, ईभी ब्रान्डका कारण चीनमा समेत भविष्य अनिश्चित बन्दै

चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले संकटग्रस्त बन्दै गएको छ । बजेट–मैत्री सान्टानासदेखि हाई पर्फमेन्स अडिससम्मका मोडेललाई विगत ४० वर्षदेखि बिक्री गदै आएको फक्सवागनले चीनमा विगत लामो समयदेखि बजारको नेतृत्व गर्दै आएको थियो । तर अहिले चीनको आफ्नै ईभी ब्रान्ड बीवाईडी लगायतले विस्थापनको चरणमा पुर्याएको छ ।

घरेलु ब्रान्डमा चीनले प्रदान गर्दै आएको अनुदान, मूल्य कटौती र नीति परिवर्तनका कारण फक्सवागनले चीनमा आफ्नो पकड कायम राख्न सङ्घर्ष गर्नुपरेको हो ।

किन चिनियाँ उपभोक्ताले फक्सवागन भन्दा स्थानीय ईभी ब्रान्डहरू रोजिरहेका छन् ?

दशकौदेखी फक्सवागनका सवारी साधन चिनियाँ उपभोक्ताका लागि गुणस्तर र प्रतिष्ठित ब्रान्डको प्रतीक रहँदै आएका थिए । तर अहिले त्यो छवि द्रुत रूपमा लोप हुँदै गइरहेको छ ।

ईभीमा नयाँ प्रविधि ल्याएर बीवाईडी र अन्य चिनियाँ अटो निर्माताहरूले बजारको ध्यान मात्र खिचेका छैनन, आक्रामक मूल्य निर्धारण गरेर लामो विरासत बोकेका फक्सवागन जस्ता ब्रान्डलाई बजारबाटै विस्थापन गरिदिने चरणसम्म यी ब्रान्ड अघि बढेका छन् ।

‘चिनियाँ उपभोक्ताहरूले फक्सवागनलाई विगतको राजाको रूपमा हेर्छन्, यस्तो युग जब विश्वव्यापी ब्रान्डहरूले सर्वोच्च शासन गरे’, चिनियाँ अटो उद्योग सल्लाहकार माइकल डनले भने, ‘आज, धेरै चिनियाँ उपभोक्ताहरूले फक्सवागननका उत्पादनलाई उदासीनताका साथ हेर्न थालेका छन् ।’

चीनमा फक्सवागनका लागि सबैभन्दा ठुलो चुनौती भनेको विद्युतीय गाडी निर्माताहरूबिच चलिरहेको मूल्य युद्ध हो । चिनियाँ राज्यको स्वामित्वमा रहेका बैंकहरू र स्थानीय सरकारहरूले घरेलु ईभी निर्माताहरूलाई भारी अनुदान दिइरहेका छन् । बीवाईडी जस्ता ब्रान्डका कारलाई उत्पादन लागत भन्दा ५० प्रतिशतसम्म कम मूल्यमा बिक्री गर्न अनुमति दिएको पश्चिमा अटो उत्पादकले आरोप लगाउँदै आएका छन् ।

‘विद्युतीय कारहरू ५० प्रतिशतसम्म छुटमा बिक्री भइरेका छन्’ फक्सवागनका प्रबक्ताले भने, ‘त्यसैले हामीले यस्तो अस्वस्थ प्रतिस्पर्धामा पनि मूल्य कम गर्ने रणनीति लिएका छैनौ ।’ यो निर्णयले वर्षको पहिलो नौ महिनामा चीनमा फक्सवागनको बिक्री १०.२ प्रतिशतले घटेको उनको भनाई छ ।

के फक्सवागनको ईभी रणनीति चीनमा गलत छ ?

हाइब्रिड र विद्युतीय विकल्पहरूलाई बढ्दो रूपमा समर्थन गर्ने चिनियाँ बजारमा फक्सवागन चुक्दै गएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । बीवाईडी जस्ता कम्पनीहरूले प्लग–इन हाइब्रिडहरूको एक विस्तृत लाइनअप निर्माण गरेर उपभोक्तालाई आकर्षित गर्दै गर्दा फक्सवागनले भने भर्खरै हाइब्रिड कार ल्याउने प्रतिबद्धता मात्रै जनाएको छ ।

प्रतिस्पर्धामा आउन फक्सवागनले चिनियाँ ईभी निर्माता एक्सपेंग जस्ता कम्पनीहरूमा हिस्सेदारी लिएपनि बीवाईडी र टेस्ला दुवै ब्रान्डबाट प्रतिस्पर्धाको सामान गर्नुपरेको छ । यी दुई ब्रान्डसंग पहिले नै पर्याप्त बजार सेयर र स्थापित मोडल भएका कारण यस्तो प्रतिस्पर्धामा समेत फक्सवागनले हार्ने निश्चतजस्तै देखिएको छ ।

चीनमा फक्सवागनको समस्या घरेलु उत्पादनमा मात्र सीमित छैन । उसले युरोपमा निर्यात गर्ने गाडीमा समेत युरोपेली आयोगले ३७ प्रतिशत ट्यारिफ लगाइदिएपछि थप संकटमा परेको छ । जवकी यस्तो ट्यारिफ टेस्लामा ७.८ प्रतिशत र बीवाईडीमा १७ प्रतिशतमात्र सीमित छ ।

ट्यारिफमा यो असमानताले फक्सवागनलाई आफ्नै आँगनमा चुनौतीपूर्ण स्थितिमा राखेको छ । चीनमा देखिएको बिक्री सङ्कटले फक्सवागनलाई व्यापक प्रभाव पारेको छ । कम्पनीले जर्मनीमा कर्मचारीदेखी ज्याला कटौती र कारखाना बन्द गर्ने सम्मको योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा आकर्षणको केन्द्र बन्दै फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्ट

नाडा अटो शोमा आकर्षणको केन्द्र बन्दै फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्ट

काठमाडौं – नेपाली बजारमा फोटोन टुनल्यान्ड जी७ को सफल लन्चपछि यस पटकको नाडा...

दिपल एस०७ को सफलतापछि नाडामा आउँदै प्रिमियम सेडान दिपल एल०७

दिपल एस०७ को सफलतापछि नाडामा आउँदै प्रिमियम सेडान दिपल एल०७

नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि...

ओमोडा ५ ईभी लाइभ स्ट्रिममार्फत सार्बजनिक

ओमोडा ५ ईभी लाइभ स्ट्रिममार्फत सार्बजनिक

काठमाडौं– चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ओमोडा ५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...