आइडी ३ ह्याचव्याकमा आधारित नयाँ इलेक्ट्रिक एसयूभी तयार पार्दै फक्सवागन

जर्मन अटो निर्माता फक्सवागनले हाल कारोबार भैरहेको इलेक्ट्रिक ह्याचव्याक आइडी ३ मा आधारित नयाँ एसयूभी निर्माण गर्ने भएको छ । यो फक्सवागनको इन्ट्रि लेवल इलेक्ट्रिक एसयूभी रहने जनाइएको छ ।

फक्सवागनले यो एसयूभीमा नयाँ प्लेटफर्म एसएसपीलाई प्रयोगमा ल्याउने वताएको छ । जसले हाल प्रयोगमा आइरहेको एमइवी प्लेटफर्मलााई विस्थापित गर्नेछ । यो नयाँ एसयूभी २०२६ को सुरुवातमा लन्च हुने आँकलन गरिएको छ ।

फक्सवागनको हाल उपलब्ध इलेक्ट्रिक एसयूभी आइडी ४ भन्दा आकारमा केही सानो हुने यो एसयूभीले इन्ट्रि लेवल सेग्मेन्टमा राम्रो बजार लिने कम्पनीको भनाई छ । यो नयाँ एसयूभीमा कुन आकारको व्याट्री र कति क्षमताको मोटर जडान हुनेछ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।

यो नयाँ एसयूभीको साथ फक्सवागनले पोलोमा आधारित इन्ट्रि लेवल ह्याचव्याक आइडी १ र टी क्रस एसयूभीमा आधारित अर्को नयाँ एसयुभी समेत लन्च गर्ने संभावना देखिएको छ । सन् २०२६ भित्र कम्पनीले १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने यसअघि नै बताइसकेको छ ।

सम्बन्धित समाचारहरू

वर्ल्ड कार अवार्डको टप ३ सूचीमा बीवाईडीका दुई ईभी

वर्ल्ड कार अवार्डको टप ३ सूचीमा बीवाईडीका दुई ईभी

जेनेभा मोटर शोको अवसरमा वर्ल्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम...

नेपालीको ईभी मोह : ३ दिन लगातार ३ नयाँ गाडी सार्वजनिक

नेपालीको ईभी मोह : ३ दिन लगातार ३ नयाँ गाडी सार्वजनिक

काठमाडौं– नेपालको अटोमोबाईल बजार अहिले पूर्णत ईभीमय बनेको छ । गाडी क्रेता,...

टाटाको ईभी : भारतमा लन्च नहुँदै नेपालमा अत्यधिक चर्चा, कहिले आउला नेपाल

टाटाको ईभी : भारतमा लन्च नहुँदै नेपालमा अत्यधिक चर्चा, कहिले आउला नेपाल

टाटा मोटर्सले हालै भारतीय बजारमा सार्वजनिक गरेको इलेक्ट्रिक कार टियागो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...