फक्सवागनले एमारक पिकअपलाई इभी भर्सनमा उतार्ने, २ वर्षभित्र बजारमा आइसक्ने

जर्मन अटो निर्माता फक्सवागनले आफ्नो लोकप्रिय पिकअप एमारकलाई इभी भर्सनमा उतार्ने भएको छ । फोर्ड मोटर्ससंगको सहकार्यमा निर्माण गर्न लागिएको यसको सेकेन्ड जेनेरेशन इभी भर्सनमा मात्र आउने र सन् २०२५ भित्र लन्च भैसक्ने कम्पनीले जनाएको छ ।

फक्सवागनले यो पिकअपलाई फोर्ड रेन्जरको फोर्थ जेनेरेशनमा प्रयोग गरिएको फ्रेम च्यासिसमा आधारित भई निमार्ण गर्न लागेको हो । जुन च्यासिसमा फोर्डले यसअघि नै पेट्रोल हाइव्रिड पावरट्रेनमा रेन्जर पिकअप निर्माण गरिसकेको छ ।

इलेक्ट्रिक भेहिकलको माग वढिरहेका कारण फक्सवागनले आफूसंग उपलब्ध रेन्जलाई बिस्तारै इलेक्ट्रिक भर्सनमा रुपान्तरण गर्दै लाने रणनिती बनाएको छ । सोही रणनिती अन्तर्गत उसले आइडी वजलाई समेत सोही भर्सनमा उतार्ने यसअघि नै बताइसकेको छ । सम्भवत यी दुबै गाडीको उत्पादन एकैचोटी शुरु हुने आँकलन गरिएको छ ।

यो पिकअपमा कुन साइजको व्याट्री जडान गरिनेछ र यसले कति किलोमिटर रेन्ज प्रदान गर्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी सार्बजनिक गरिसकेको छैन । प्रिमियम पिकअप सेग्मेन्टमा लोकप्रिय मानिने एमारकमा अत्याधुनिक विशेषता र लामो रेन्ज दिने व्याट्री जडान हुन सक्ने अनुमान लगाइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...