१४ दिनको अवधिमा मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
काठमाडौँ – बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ...
गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब स्किम अन्तर्गत वालाजुस्थित सुबुरा इम्पेक्सलाई सुजुकी भिटरा ब्रेजा एसयुभी प्रदान गरेको छ । सुबुरा इम्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो ।
यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ । नेपाल ल्युब आयलका डुपुटी जनरल मेनेजर दिवाकर मिश्रले यही मंसीर १४ गते इम्पेक्सका सञ्चालक रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गरेका हुन् ।
नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसै सिलसिलामा २०७६/७७ तथा २०७७/७८ को २ वर्षको आवधि भित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।
नेपाल ल्युब आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ । सुबुरा इम्पेक्सले कुसुम इन्टरप्राइजेज अन्तर्गत रही काठमाडौं उपत्यका भित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक रिटेलरका रुपमा कार्य गर्दै आएकोे छ । वालाजुमा कार्यलय रहेको सुबुराले विगत ३ वर्षदेखी गल्फ लुब्रिकेन्ट्स विक्री गर्दै आएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...