नेपालमा इलेक्ट्रिक भेइकल : विगतदेखि वर्तमान अवस्था सम्मको एक सिंहावलोकन

पछिल्लो समय सबैभन्दा बढी चर्चामा रहेको विद्युतीय साधन नेपाल भित्रिएको लामै समय वितिसकेको छ । आजभन्दा ४७ वर्षअघि अर्थात सन् १९७५ मै नेपालमा यस प्रकारको सवारी साधन संचालनमा आएको देखिन्छ । तत्कालीन समयमा चीन सरकारले अनुदानमा निर्माण गरिदिएको ट्रलिबसले काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म यात्रु ओसारपसारको काम गर्दै आइरहेको थियो ।

दक्षिण एसयामै पहिलोपटक विद्युतीय साधन ट्रलिबस संचालन भएको नेपालमा राज्य स्तरबाट यो साधनको महत्व बुझ्न नसकेपछि यो सेवा सधैका लागि बन्द गरियो । पछि सन् १९९६ मा काठमाडौं उपत्यकाका सडकमा सफा टेम्पोहरु देखा पर्न थाले । ब्याट्रीबाट चल्ने यस्ता टेम्पो वातावरणमैत्री भएको भन्दै विभिन्न संघसंस्थाहरुको सहयोग र पहलमा हालसम्म पनि चलिरहेको देख्न सकिन्छ ।

नेपाली सडकमा पहिलो प्यासेन्जर कारका रुपमा भने रेभा इलेक्ट्रिक कार भित्रिएको हो । यो कार सन् २०१० मा नेपाल आएको थियो । भारतीय अटो उत्पादक महिन्द्राले अष्ट्रियन कम्पनीसँगको सहकार्यमा उत्पादन गरेको यो कार तत्कालीन समय निकै लोकप्रिय समेत बन्यो । अगाडि ड्राइभर मात्र बस्न मिल्ने यो कारको पछाडि २ जना यात्रुले जसोतसो यात्रा गर्न सक्थे । तत्कालीन समयमा वातावरण संरक्षणसँग सम्वन्धित विभिन्न एनजिओ र आइएनजिओ तथा यस्ता संस्थामा काम गर्ने कर्मचारीहरुले प्रयोग गर्दै आइरहेको यो कारलाई सडकमा भ्यागुते कारका नामले समेत चिन्ने गरिन्थ्यो । पछि यो कार बन्द भयो र यसको स्थानमा महिन्द्राले इटुओ ल्यायो । रेभा भन्दा धेरै नै आरामदायी र ४ जनासम्म यात्रुले यात्रा गर्न मिल्ने यो कारलाई भने सर्वसाधारण व्यक्तिले समेत प्रयोग गर्न थाले ।

सन् २०११ मा केही कम्पनीले इलेक्ट्रिक रिक्सा आयात गरी कारोबार गर्न थालेपनि यो सफल हुन सकेन । सन् २०१६ मा कियाको सोल ईभी आएपछि भने इलेक्ट्रिक कारलाई हेर्ने नजरमा व्यापक परिवर्तन आउन थाल्यो । सोल बजारमा आएको उक्त समयदेखि नै अन्तर्राष्ट्रिय बजारमा समेत ईभीको मागमा बढोत्तरी हुँदै आइरहेको थियो । कम्वस्चन इन्जिनयुक्त एसयूभीजस्तै देखिने यो इलेक्ट्रिक एसयूभीलाई एकपटक फुल चार्ज गर्दा ३ सय किलोमिटरसम्म कुदाउँन मिल्ने भएपछि यो गाडीमा ग्राहक आकर्षित बनेका हुन् ।

सोल नेपाल भित्रिएको १ बर्षपछि अर्थात सन् २०१७ मा बीवाईडी ब्रान्डका इलेक्ट्रिक कार नेपाल भित्रिए । चाइनिज ब्रान्ड भएकै कारण बजार लिन सकस वेहोर्नुपरेको यो ब्रान्डले बजारमा खासै गतिलो उपस्थिति जनाउन सकेन । अहिले भने यो ब्रान्डमा ग्राहकको विश्वास बढ्दै गएको देख्न सकिन्छ ।

सन् २०१८ मा महिन्द्राले ई भेरिटो र हुन्डाईले आयोनिक सेडान भित्र्याएपछि इलेक्ट्रिक कारमा थप विकल्पहरु बढ्न थालेको हो । यी दुई कारमध्ये ई भेरिटो सफल हुन सकेन भने आयोनिक ५ ले केही हदसम्म भएपनि ईभीको बजारलाई गति दिन सफल भयो ।

पछि सन् २०१९ मा हुन्डाईले कोना, एमजी मोटर्सले जेडएस ईभी र कियाले निरो लन्च गरेपछि ईभीको बजारले निकै राम्रो गति लियो । उक्त सालको बजेटमा सरकारले यस्ता साधनको आयातमा लाग्ने भन्सारमा छुट र अन्तःशुल्क पुरै मिनाहा गरेपछि बजारमा इलेक्ट्रिक कारको माग थेगिनसक्नु गरी वृद्धि हुन पुगेको थियो । इलेक्ट्रिक कारमा ग्राहकले देखाएको क्रेजका कारण आयात ह्वात्तै वढेपछि सन् २०२० को बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले भारीमात्रामा भन्सार र अन्तःशुल्क बढाइदिए । जसको असरस्वरुप उक्त साल इलेक्ट्रिक कारको आयात एकदमै न्युन हुन पुगेको थियो ।

सन् २०२१ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार र अन्तःशुल्कलाई पुरानै दरमा फर्काएपछि भने इलेक्ट्रिक कारले नयाँ युगको थालनी गरेको छ । उक्त साल बजारमा टाटा नेक्सनदेखि बीवाईडीको नयाँ ई६ र निसान लिफ जस्ता मोडल नेपाल भित्रिए । यसको साथसाथै केही व्रान्डका कमर्सियल भेइकल समेत इलेक्ट्रिक भर्सनमा नेपाल आए ।

उक्त साल १५ सय हाराहारी इलेक्ट्रिक कार नेपाल भित्रिएकोका सबैभन्दा बढी एमजी जेडएस भित्रिएको थियो । जेडएस पछि टाटा नेक्सन, हुन्डाई कोना, बीवाईडी ई६, किया निरो, निसान लिफ, चर्चित अमेरिकन ब्रान्ड टेस्ला सहित ज्यागुअर र औडी ई ट्रोनजस्ता विलासी कार समेत नेपाल भित्रिन सफल भएका छन् । यो वर्ष हुन्डाईले अयोनिक५, एमजीले जेडएसको फेसलिफ्ट मोडल, टाटाले टिगोर र ग्रेटवालले ओरा गुड क्याटजस्ता मोडल सार्वजनिक गरेका छन् ।

एमजी जेडएस र टाटा नेक्सन भित्रिनु अघिसम्म इलेक्ट्रिक कारलाई सेकेन्ड कारमा रुपमा मात्रै खरिद गर्न चाहने ग्राहकको मनोविज्ञानमा अहिले व्यापक परिवर्तन आएको छ । फलस्वरुप अहिले अधिकांश ग्राहकले इलेक्ट्रिक कारलाई आफ्नो पहिलो कारका रुपमा समेत प्रयोग गर्न थालिसकेका छन् । यी कारको मागमा आएको बृद्धिसँगै ठाउँठाउँमा चार्जिङ स्टेशनको निर्माणले तीव्रता पाइरहेका कारण ग्राहकले ईभीमा आकर्षण बढाउन थालेका हुन् ।

बजारमा अहिले इलेक्ट्रिक कारको माग उच्च रहँदै आएपनि आपूर्तिमा देखिएको समस्याका कारण प्रायः सबैजसो ब्रान्डले अभावको अवस्था झेलिरहनु परेको छ ।

सम्बन्धित समाचारहरू

पानी परेको समयमा इलेक्ट्रिक सवारी चार्ज गर्नु कति खतरनाक ? के यो समयमा झट्का लाग्न सक्छ ?

पानी परेको समयमा इलेक्ट्रिक सवारी चार्ज गर्नु कति खतरनाक ? के यो समयमा झट्का लाग्न सक्छ ?

विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन् । र, अब मनसुन पनि सुरु भइसकेको...

ईभी इन्टरनेश्नल शोमा लुयानको एमएनके–३ स्कुटर खरिद गर्दा २० हजार नगद छुट पाइने

ईभी इन्टरनेश्नल शोमा लुयानको एमएनके–३ स्कुटर खरिद गर्दा २० हजार नगद छुट पाइने

दुई दिनपछि काठमाडौंंमा शुरु हुने नेपाल ईभी इन्टरनेश्नल शोमा लुयानको...

महिन्द्राले थार एसयूभी इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राले थार एसयूभी इलेक्ट्रिक भर्सनमा ल्याउँदै

महिन्द्राको थार गाडीको ठूलो क्रेज छ । महिन्द्राले अब थारको इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...