अझै सस्तो इलेक्ट्रिक कार अल्ट्रोज ईभी ल्याउने टाटाको तयारी, ५०० किमी रेन्ज दिने दाबी
नेक्सन ईभीलाई बजारमा उतारेर चर्चा बटुलेको टाटा मोटर्सले अको नयाँ...
पोखरा - विद्युतीय गाडीको प्रविधिको भविष्य बुझाउने उद्देश्यले पोखरामा तालिम तथा वर्कसप सम्पन्न भएको छ । एसआरएम र जोयलङको लागि नेपालको आधिकारिक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपाल अन्तर्गतको भीजी मोटर्सले पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा सोमबार कार्यक्रम सम्पन्न गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
उक्त अवसरमा बोल्दै पूजा कन्स्ट्रक्सन तथा भीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले विद्युतीय सवारीको भविष्य राम्रो रहेको बताउँदै विद्युतीय गाडीको नयाँ प्रविधिबारे पनि सबैले बुझ्नुपर्ने धारणा राखे ।
तालिममा सहभागीहरुलाई इन्जिनियर दिनेश दाहाल, इन्जिनियर नजाम रायमले विद्युतीय सवारीको प्रविधि लगायत विविध विषयमा प्रशिक्षण दिएका थिए ।
नेपालमा जोयलङको १४ सिटर, १६ सिटर, १७ सिटर र २० सिटर गाडीहरु तथा एसआरएम ११ सिटर रेगुलर भ्यान, कार्गो ५ सिटर र २ सिटर गाडीहरु उपलब्ध छन् । कम्पनीले ‘एसआरएम र जोयलङ अगाडि बढौं, प्रदुषण हटाऔं’ अभियानसहित देशभर विविध कार्यक्रम गरिरहेको छ ।
नेक्सन ईभीलाई बजारमा उतारेर चर्चा बटुलेको टाटा मोटर्सले अको नयाँ...
सरकारले विद्युतीय सवारीमा यसअघि लगाउँदै आएको अन्तःशुल्क मिनाहा र भन्सार...
सवारीसाधनको खपत वढेसंगै सडकदेखी पार्किङ स्थलसम्मै यस्ता साधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...