बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – विशाल ग्रुप अन्तर्गतको भीजी इम्पेक्स चीनको ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक वितरक बनेको छ ।
ग्रेटवाल मोटर्सले आफ्नो वेबसाइटमार्फत यसको जानकारी दिएको छ । दुबै कम्पनीले गरेको सम्झौतालाई ग्रेटवाल मोटर्सले ‘क्लाउड साइनिङ’ भनेको छ । कोरोना महामारीको समयमा क्लाउड साइनिङ गरिएको कम्पनीको भनाइ छ ।
सम्झौतामा ग्रेटवाल मोटर्सका तर्फबाट नायव महाप्रबन्धक टोनी सन र बिशाल ग्रुपका तर्फबाट कार्यकारी निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरे ।
ग्रेटवाल मोटर्सले गत वर्ष भारतमा सम्पन्न अटो एक्सपोमा संसारकै सबैभन्दा सस्तो भनेर दावी गरिएको इलेक्ट्रिक कार ओरा आर१ (Ora R1) सार्वजनिक गरेको थियो । सो कारले निकै नै चर्चा पनि पाएको थियो ।
गत वर्ष करिव १५ लाख रुपैयाँ हाराहारीमा नेपाल आउन सक्ने अनुमान गरिएको सो कारको मूल्य अब २२ लाख रुपैयाँको सेरोफेरोमा आउन सक्ने अनुमान गर्न सकिन्छ ।
सो कारमा ३३ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ । एक पटक फुल चार्ज गर्दा सो कारले ३५१ किलोमिटरको दुरी तय गर्ने बताइएको छ ।
संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कार हुनु नै यसको विशेषता हो । यसलाई अल इलेक्ट्रिक एमई प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा ३३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक र ३३ किलोवाटको इलेक्ट्रिक मोटर छ ।
विशाल ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरुले हाल नेपाली बजारमा सुजुकी बाइकका साथै फक्सवागन, रेनो, एमजी र माज्दा जस्ता गाडीका साथै भिडोल लुब्रिकेन्ट समेत बिक्री–वितरण गरिरहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...