उस्तै मूल्यका दुई प्रिमियम स्कुटर भेष्पा किन्ने कि बेनेली, यस्तो छ फिचर्स र मूल्य

प्रिमियम सेग्मेन्टका मोटरसाइकल र स्कुटर उत्पादनमा इटाली विश्वभर चर्चित मानिन्छ । यहि देशमा उत्पती भएका २ ब्रान्ड भेस्पा र बेनेली नेपाली बाजरामा समेत उपलब्ध छन् । जसमध्ये भेष्पासंग स्कुटरमात्र उपलब्ध रहेको छ भने बेनेलीको मोटरसाइकल र स्कुटर दुबै प्रोडक्ट कारोबार भैरहेको छ । नेपाली बजारमा यी दुई ब्रान्डका स्कुटर २ फरकफरक देशबाट आयत हुने गरेका छन् ।

भेष्पाको आधिकारिक वितरक एमभी दुगड ग्रुपले भारतबाट ५ भन्दा बढी मोडलका स्कुटर अयत गरिरहेको छ भने बेनेलीको वितरक केटिएम इन्टरनेश्नलले चीनबाट केही समयअघि मात्र प्यानेरिया स्कुटर अयात गरी कारोबार थालेको छ । यी दुई ब्रान्डमध्ये भेष्पाको विरासत नेपालमा निकै लामो रहेको छ भने प्यानेरिया ५ महिनाअघि मात्र नेपाल भित्रिएको हो ।

बजारमा अहिले प्रिमियम स्कुटर चाहने ग्राहकलाई यी दुई ब्रान्डले आकर्षित गरिरहेको देख्न सकिन्छ । भेष्पाको प्राय मोडल १२५ र १५० दुबै सिसी सेग्मेन्टमा उपलब्ध छ भने प्यानेरिया १२५ सिसी क्षमतामा मात्र उपलब्ध छ । आकर्षक रेट्रो क्लासिक लुक्समा उपलब्ध यी दुई स्कुटरको डिजाइन समेत केही हदसम्म मिल्दोजुल्दो देखिन्छ । यी दुई स्कुटरको मूल्य समेत समान रहेको छ ।

३ लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको प्यानेरियाले मूल्य र फिचर्सका आधारमा भेष्पाको भिएक्सएल १२५ संग प्रतिस्पर्धा गर्ने देखिन्छ । यो स्कुटरको मूल्य ३ लाख ३५ हजार ९ सय ४६ रुपैयाँ निर्धारण गरिएको छ । यी दुवै स्कुटरमा समान क्षमताको इन्जिन जडान गरिएपनि इन्जिनको नेचर भने फरक फरक रहेको देख्न सकिन्छ ।

जस्तो भेष्पा भिएक्सएलमा १२४.५ सिसी सिंगल सिलिन्डर ३ भल्भ एसओएचसी इन्जिन जडान गरिएको छ भने प्यानेरियामा १२५ सिसी क्षमताको सिंगल सिलिन्डर टु भल्भ फोर स्ट्रोक एफआई इन्जिन जडान गरिएको छ । जसमध्ये भेष्पा भिएक्सएलको पावर ९.९२ पिएस र टर्क ९.६ एनएम रहेको छ भने प्यानेरियाको पावर ८.५ पिएस र टर्क ९.२ एनएम रहेको छ । यी दुबै स्कुटरको टप स्पिड ९० किलोमिटर प्रतिघन्टा रहेको छ । पावर र टर्कका हिसावले हेर्दा भेष्पा भिएक्सएल केही पावरफुल देखिन्छ ।

फिचर्सको कुरा गर्दा प्यानेरिया भेष्पा भिएक्सएल भन्दा निकै अगाडी रहेको देखिन्छ । भेष्पाको यो स्कुटरमा उपलब्ध नभएको फुल एलइडी हेडलाइट, इन्जिन किल स्विच, साइड स्ट्यान्ड सेन्सर, एलइडी इन्डिकेटर लगायत फिचर्स प्यानेरियामा दिइएको छ । यसैगरी प्यानेरियामा उपलब्ध एलोई ह्विल र युएसवी चार्जीङ पोर्ट समेत भेष्पाको यो स्कुटरमा पाइदैन ।

भेष्पा भिएक्सलमा ७.४ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ भने प्यानेरियमा जम्मा ४.६ लिटरमात्र इन्धन भर्न मिल्छ । एसएक्सलले प्रतिलिटर पेट्रोलको खपतमा ४० किलोमिटर मोइलेद प्रदान गर्ने दाबी गरिएकोमा प्यानेरियाले ५० किलोमिटर दिने दाबी छ । यी दुबै स्कुटरको ग्राउन्ड क्लिरियन्स १५५ एमएम रहेको छ ।

यसैगरी प्यानेरीयामा १२ इन्चको अलोय ह्वील रहेको छ भने यसको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक उपलब्ध छ । त्यस्तै भेष्पाको अगाडि ११ र पछाडि १० इन्चको सामन्य ह्वील उपलब्ध छ भने, यसमा बेनेलीमा जस्तै अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ ।

सस्पेन्सनमा प्यानेरीयाको अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्वीङ आर्म सस्पेन्सन रहेको छ । त्यस्तै भेष्पाको आगाडि हाइड्रोलिक सिंगल साइडआर्म सस्पेन्सन र पछाडि हाइड्रोलिक सक एव्जर्भरहितको डबल इफेक्ट सस्पेन्सन रहेको छ ।

सम्बन्धित समाचारहरू

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा एसेम्बल उद्योगलाई सरकारले विभिन्न...

भेस्पाको हन्ड्रेड कस्टमर रिक्रियसन राइड सम्पन्न

भेस्पाको हन्ड्रेड कस्टमर रिक्रियसन राइड सम्पन्न

काठमाडौं – नेपालमा भेस्पाका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स...

चिनियाँ कम्पनी जोङसेनसँग मिलेर पियाजियोले बनाउदै छ नयाँ १५० सीसीको इन्जिन

चिनियाँ कम्पनी जोङसेनसँग मिलेर पियाजियोले बनाउदै छ नयाँ १५० सीसीको इन्जिन

पियाजियोले आफ्नो आगामी स्कुटरको लागि नयाँ इन्जिन तयार गर्दैछ । जानकारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...