उस्तै मूल्यका दुई प्रिमियम स्कुटर भेष्पा किन्ने कि बेनेली, यस्तो छ फिचर्स र मूल्य

प्रिमियम सेग्मेन्टका मोटरसाइकल र स्कुटर उत्पादनमा इटाली विश्वभर चर्चित मानिन्छ । यहि देशमा उत्पती भएका २ ब्रान्ड भेस्पा र बेनेली नेपाली बाजरामा समेत उपलब्ध छन् । जसमध्ये भेष्पासंग स्कुटरमात्र उपलब्ध रहेको छ भने बेनेलीको मोटरसाइकल र स्कुटर दुबै प्रोडक्ट कारोबार भैरहेको छ । नेपाली बजारमा यी दुई ब्रान्डका स्कुटर २ फरकफरक देशबाट आयत हुने गरेका छन् ।

भेष्पाको आधिकारिक वितरक एमभी दुगड ग्रुपले भारतबाट ५ भन्दा बढी मोडलका स्कुटर अयत गरिरहेको छ भने बेनेलीको वितरक केटिएम इन्टरनेश्नलले चीनबाट केही समयअघि मात्र प्यानेरिया स्कुटर अयात गरी कारोबार थालेको छ । यी दुई ब्रान्डमध्ये भेष्पाको विरासत नेपालमा निकै लामो रहेको छ भने प्यानेरिया ५ महिनाअघि मात्र नेपाल भित्रिएको हो ।

बजारमा अहिले प्रिमियम स्कुटर चाहने ग्राहकलाई यी दुई ब्रान्डले आकर्षित गरिरहेको देख्न सकिन्छ । भेष्पाको प्राय मोडल १२५ र १५० दुबै सिसी सेग्मेन्टमा उपलब्ध छ भने प्यानेरिया १२५ सिसी क्षमतामा मात्र उपलब्ध छ । आकर्षक रेट्रो क्लासिक लुक्समा उपलब्ध यी दुई स्कुटरको डिजाइन समेत केही हदसम्म मिल्दोजुल्दो देखिन्छ । यी दुई स्कुटरको मूल्य समेत समान रहेको छ ।

३ लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको प्यानेरियाले मूल्य र फिचर्सका आधारमा भेष्पाको भिएक्सएल १२५ संग प्रतिस्पर्धा गर्ने देखिन्छ । यो स्कुटरको मूल्य ३ लाख ३५ हजार ९ सय ४६ रुपैयाँ निर्धारण गरिएको छ । यी दुवै स्कुटरमा समान क्षमताको इन्जिन जडान गरिएपनि इन्जिनको नेचर भने फरक फरक रहेको देख्न सकिन्छ ।

जस्तो भेष्पा भिएक्सएलमा १२४.५ सिसी सिंगल सिलिन्डर ३ भल्भ एसओएचसी इन्जिन जडान गरिएको छ भने प्यानेरियामा १२५ सिसी क्षमताको सिंगल सिलिन्डर टु भल्भ फोर स्ट्रोक एफआई इन्जिन जडान गरिएको छ । जसमध्ये भेष्पा भिएक्सएलको पावर ९.९२ पिएस र टर्क ९.६ एनएम रहेको छ भने प्यानेरियाको पावर ८.५ पिएस र टर्क ९.२ एनएम रहेको छ । यी दुबै स्कुटरको टप स्पिड ९० किलोमिटर प्रतिघन्टा रहेको छ । पावर र टर्कका हिसावले हेर्दा भेष्पा भिएक्सएल केही पावरफुल देखिन्छ ।

फिचर्सको कुरा गर्दा प्यानेरिया भेष्पा भिएक्सएल भन्दा निकै अगाडी रहेको देखिन्छ । भेष्पाको यो स्कुटरमा उपलब्ध नभएको फुल एलइडी हेडलाइट, इन्जिन किल स्विच, साइड स्ट्यान्ड सेन्सर, एलइडी इन्डिकेटर लगायत फिचर्स प्यानेरियामा दिइएको छ । यसैगरी प्यानेरियामा उपलब्ध एलोई ह्विल र युएसवी चार्जीङ पोर्ट समेत भेष्पाको यो स्कुटरमा पाइदैन ।

भेष्पा भिएक्सलमा ७.४ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ भने प्यानेरियमा जम्मा ४.६ लिटरमात्र इन्धन भर्न मिल्छ । एसएक्सलले प्रतिलिटर पेट्रोलको खपतमा ४० किलोमिटर मोइलेद प्रदान गर्ने दाबी गरिएकोमा प्यानेरियाले ५० किलोमिटर दिने दाबी छ । यी दुबै स्कुटरको ग्राउन्ड क्लिरियन्स १५५ एमएम रहेको छ ।

यसैगरी प्यानेरीयामा १२ इन्चको अलोय ह्वील रहेको छ भने यसको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक उपलब्ध छ । त्यस्तै भेष्पाको अगाडि ११ र पछाडि १० इन्चको सामन्य ह्वील उपलब्ध छ भने, यसमा बेनेलीमा जस्तै अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ ।

सस्पेन्सनमा प्यानेरीयाको अगाडि टेलिस्कोपिक फर्क र पछाडि स्वीङ आर्म सस्पेन्सन रहेको छ । त्यस्तै भेष्पाको आगाडि हाइड्रोलिक सिंगल साइडआर्म सस्पेन्सन र पछाडि हाइड्रोलिक सक एव्जर्भरहितको डबल इफेक्ट सस्पेन्सन रहेको छ ।

सम्बन्धित समाचारहरू

अब बालाजुमा भेस्पा तथा अप्रिलियाको नयाँ सर्भिस सेन्टर

अब बालाजुमा भेस्पा तथा अप्रिलियाको नयाँ सर्भिस सेन्टर

काठमाडौं – भेस्पा तथा अप्रिलियाको नेपालका आधिकारिक बिक्रेता डेल्टा...

रोयल इन्फिल्ड गुमाएको एमभी दुगड समुहसंग छ अझै ७ वटा अटोमोवाइल ब्रान्ड

रोयल इन्फिल्ड गुमाएको एमभी दुगड समुहसंग छ अझै ७ वटा अटोमोवाइल ब्रान्ड

नेपालको सबैभन्दा पुरानो व्यवसायिक घराना मध्येको एक एमभी दुगड समुह...

भेस्पाले ल्यायो ड्रयागन एडिसन स्कुटर, मूल्य महिन्द्रा स्कर्पियो जत्तिकै हुने

भेस्पाले ल्यायो ड्रयागन एडिसन स्कुटर, मूल्य महिन्द्रा स्कर्पियो जत्तिकै हुने

भेस्पाले ड्रयागन एडिसन स्कुटर लन्च गरेको छ । यसमा ड्रयागन प्याटर्नको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...