भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर

पियाजियोले भारतमा ७५ वर्ष पुरा गरेको अवसरमा भेस्पा ७५औं एनिभर्सरी एडिसन लन्च गरेको छ । सो स्पेसल एडिसन भेरिएन्टको लुक र फिचर निकै शानदार रहेको छ ।

भेस्पाको नयाँ एडिसनमा १२५ सीसी र १५० सीसी इन्जिन समावेश गरिएको छ । सो स्कुटर ग्लासी मेटालिक जिएलो कलरमा उपलब्ध छ भने सफ्ट नोबुक लेदर फिल डार्क स्मोक ग्रे सिट र राउन्ड ब्यागमा उपलब्ध रहेको छ ।

उक्त १२५ सीसी इन्जिनयुक्त स्कुटरको मूल्य १ लाख २५ हजार र १५० सीसी इन्जिनको मूल्य १ लाख ३९ हजार भारु मूल्य तोकिएको छ । सो स्कुटर स्पेसल भएको हुनाले यसको लिमिटेड युनिट मात्र बिक्री हुने कम्पनीले जानकारी दिएको छ ।

नयाँ स्पेसल भेस्पामा मोनोकक फुल स्टिल बडी छ । यसको साइड प्यानलमा ७५ औ नम्बर लेखिएको छ । साथै मेट मेटालिक पाइराइट रङमा देखिएको फ्रन्ट बम्पर पनि क्रोम इन्सर्टको साथमा फ्रन्ट टाई समान रहेको छ । यसमा डीआरएलको साथमा एलईडी, एड्जस्टेबल डुअल हाइड्रोलिक सक एब्जर्बर, एबीएस, सीबीएस सहित अन्य फिचर समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको नयाँ सोरुम उदघाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको नयाँ सोरुम उदघाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा...

डिज्नीको एनिभर्सरीमा भेस्पाको कमाल, ल्यायो मिक्की माउस भेरिएन्ट

डिज्नीको एनिभर्सरीमा भेस्पाको कमाल, ल्यायो मिक्की माउस भेरिएन्ट

भेस्पाले मिक्की माउस भेरिएन्ट लन्च गर्नका लागि डिज्नी कम्पनीसँग साझेदारी...

यस्तो छ भेस्पाको सबैभन्दा सस्तो स्कुटर नोट्टे १२५, मूल्य २ लाख ८३ हजार ९४६

यस्तो छ भेस्पाको सबैभन्दा सस्तो स्कुटर नोट्टे १२५, मूल्य २ लाख ८३ हजार ९४६

इटालियन टु ह्विलर ब्रान्ड भेस्पा रेट्रो क्लासिक डिजाइनका स्कुटरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...