७ हजार ५ सय रुपैयाँसम्मले महंगो भयो भेष्पा र अप्रिलिया स्कुटर

भेष्पा एवं अप्रिलिया स्कुटरको नेपालका लागि आधिकाकिर वितरक एमभी दुगड ग्रुपले स्कुटरको मूल्य बृद्धि गरेको छ । भदौ १ देखी लागु हुनेगरी बृद्धि गरिएको नयाँ मूल्य अनुसार यी दुवै ब्रान्डको १२५ सिसी स्कुटरमा ६ हजार र १५० वा सो भन्दा माथी सिसी क्षमताका स्कुटरमा ७ हजार ५ सय रुपैयाँका दरले मूल्य बृद्धि गरिएको हो ।

भेष्पाको नेपाली बजारमा ९ भिन्न भेरियन्टका स्कुटर उपलब्ध छन् । जसमध्ये १२५ सिसी क्षमताका भिएक्सएल, एलएक्स, एलएक्स नोट्टे, एसएक्सएल र एसएक्सएल मेट्टीमा ६ हजार रुपैयाँका दरले बृद्धि गरिएको छ । यसैगरी १५० सिसीका ४ भेरियन्ट भिएक्सएल, एसएक्सएल, एसएक्सएल मेट्टी र एलिगेन्टेमा ७ हजार ५ सय रुपैयाँ दरले बृद्धि गरिएको छ ।

यी स्कुटरको नयाँ मूल्य १२५ सिसीमा क्रमश ३ लाख ४१ हजार ९४६, २ लाख ९१ हजार ९४६, २ लाख ९१ हजार ९४६, ३ लाख ५५ हजार ९४६ र ३ लाख ५७ हजार ९४६ हजार रुपैयाँ पुगेको छ । यसैगरी १५० सिसीमा क्रमश ३ लाख ९५ हजार ४४६, ४ लाख ११ हजार ४६६, ४ लाख १३ हजार ४६६ र ४ लाख ३३ हजार ४६६ रुपैयाँ कायम गरिएको छ ।

अप्रिलियातर्फ १२५ सिसीका स्ट्रोम र एसआरमा ६ हजार रुपैयाँ बृद्धि गरी नयाँ मूल्य क्रमश २ लाख ७१ हजार ९०० र २ लाख ७८ हजार ९०० रुपैयाँ पुर्याइएको छ भने १५० सिसीका एसआर र एसआर रेसमा ७ हजार ५ सय रुपैयाँ बृद्धि गरी क्रमश ३ लाख २८ हजार ९०० र ३ लाख ५१ हजार ९०० रुपैयाँ कायम गरिएको छ । १६० सिसीको एसएक्सआर बिएस४ मा पनि ७ हजार ५ सय रुपैयाँ बृद्धि गरी ४ लाख ५४ हजार ४०० रुपैयाँ पुर्याइएको छ ।

सम्बन्धित समाचारहरू

लन्च भयो अप्रिलिया एसएक्सआर १६० जस्तै फिचर तर सस्तो १२५ सीसीको स्कुटर

लन्च भयो अप्रिलिया एसएक्सआर १६० जस्तै फिचर तर सस्तो १२५ सीसीको स्कुटर

इटालियन कम्पनी पियाजियोले भारतीय बजारमा नयाँ एसएक्सआर सिरिजको १२५ सीसी...

नयाँ बीएस६ लाइनअप सहितका भेस्पा स्कुटर नेपालमा

नयाँ बीएस६ लाइनअप सहितका भेस्पा स्कुटर नेपालमा

काठमाडौं – नेपालका लागि भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प...

बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्दै : यस्तो छ हालको मूल्य

बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्दै : यस्तो छ हालको मूल्य

काठमाडौं – नेपाली बजारमा आगामी बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...