भेष्पा र अप्रिलिया स्कुटरमा मनसुन अफर, यस्ता छन् आकर्षण

काठमाडौं–भेष्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले वर्षा यामलाई लक्षित गरी ‘मनसुनमा ५ एक्स मज्जा’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले भेष्पा/अप्रिलिया स्कुटर खरिद गर्दा नगद छुट, आकर्षक उपहारको साथै सहभागी मात्र भएर समेत क्यास ब्याक जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

यस अफरमा ग्राहकहरूले आधिकारिक वेबसाइट https://vespanepal.com/offer/monsoon-offerअर्थात https://aprilianepal.com/offer/monsoon-offer मा रजिस्ट्रेशन गर्दा १० हजार सम्मको क्यास ब्याक पाउन सक्ने बताइएको छ ।

साथै, स्कूटर खरिदमा ७५ हजार सम्मको नगद छुट, आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को सवारी कर छुट र हालसम्मकै न्यूनतम ब्याजदर ४.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुबिधा समेत पाउनेछन् । सहज एक्सचेन्ज सुविधा समेत उपलब्ध रहेको यस अफरमा उपहार स्वरूप प्रत्येक खरिदमा ब्राण्डेड हेल्मेट, रेनकोट र स्कूटर कभर पनि प्रदान गरिने कम्पनीको भनाई छ ।

भेष्पा र अप्रिलिया नेपालद्वारा प्रस्तुत यो अफर नेपालभरका सम्पूर्ण अधिकृत शोरूमहरूमा लागू हुने जनाइएको छ । कम्पनीका अनुसार, ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिँदै गुणस्तरीय सवारी साधन र आकर्षक अफर ल्याइएको हो ।

यो अफर सीमित अवधिका लागि मात्र लागु हुने भएकाले भेष्पा र अप्रिलिया किन्ने सोचमा रहेका ग्राहकहरूले नजिकको शोरूममा गई जानकारी लिन वा वेबसाइटमा रजिस्टर गर्न आह्वान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सबै मोडलमा २ हजार रुपैयाँले बढ्यो भेस्पा र अप्रिलिया स्कुटरको मूल्य (नयाँ मूल्य सूचीसहित)

सबै मोडलमा २ हजार रुपैयाँले बढ्यो भेस्पा र अप्रिलिया स्कुटरको मूल्य (नयाँ मूल्य सूचीसहित)

काठमाडौं – नेपाली बजारमा उपलब्ध भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढेकोे...

भेस्पा र अप्रिलियाको ‘अपग्रेड टु प्रिमियम’ अफर सार्वजनिक

भेस्पा र अप्रिलियाको ‘अपग्रेड टु प्रिमियम’ अफर सार्वजनिक

काठमाडौं – नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरकाे आधिकारिक वितरक...

अप्रिलिया एसएक्सआर अब १२५ सीसीमा आउने

अप्रिलिया एसएक्सआर अब १२५ सीसीमा आउने

इटालियन कम्पनी पियाजियोले नयाँ स्कुटर अप्रिलिया एसएक्सआर १२५ को लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...