बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्दै : यस्तो छ हालको मूल्य

काठमाडौं – नेपाली बजारमा आगामी बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्ने भएको छ । नेपालका लागि यी दुई ब्रान्डका स्कुटरको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्स स्रोतका अनुसार त्यो भन्दा पहिले बुकिङ गर्नेले पुरानै मूल्यमा स्कुटर प्राप्त गर्न सक्ने छन् ।

नेपाली बजारमा फरक डिजाइनमा उपलब्ध यी स्कुटर लोकप्रिय समेत छन् । भेस्पाका विभिन्न मोडल मध्ये भेस्पा नट्टे र एलएक्सको मूल्य २ लाख ८३ हजार ९४६ रुपैयाँ छ । त्यसैगरी भेस्पा भीएक्सएल १२५ को मूल्य ३ लाख ३३ हजार ९४६ र भीएक्सएल १५० को मूल्य ३ लाख ८५ हजार ९४६ रुपैयाँ छ ।

भेस्पा एसएक्सएल १२५ को मूल्य ३ लाख ४७ हजार ९४६ र एसएक्सएल १५० को मूल्य ४ लाख १ हजार ९४६ रुपैयाँ छ । एसएक्सएल म्याट १२५ को मूल्य ३ लाख ४९ हजार ९४६ र एसएक्सएल म्याट १५० को मूल्य ४ लाख ३ हजार ९४६ रुपैयाँ छ ।

त्यसैगरी भेस्पा एलिगेन्टको मूल्य ४ लाख २३ हजार ९४६ रुपैयाँ छ ।

अप्रिलिया स्टोर्म १२५ को मूल्य २ लाख ६३ हजार ९ सय, एसआर १२५ को मूल्य २ लाख ७० हजार ९ सय, एसआर १५० को मूल्य ३ लाख १९ हजार ४ सय र एसआर १५० को मूल्य ३ लाख ४२ हजार ४ सय रुपैयाँ छ ।

त्यसैगरी अप्रिलिया एसएक्सआर १६० बीएस६ को मूल्य ४ लाख ४४ हजार ९ सय रुपैयाँ छ ।
भेस्पा र अप्रिलिया स्कुटर किन्दा हाल नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफर समेत प्राप्त गर्न सकिन्छ । यस अनुसार स्क्र्याच कार्डमार्फत ७ हजार ५ सय देखि ७५ हजार रुपैयाँ सम्म नगद छुट पाउने सम्भावना हुन्छ ।

विक्ली प्राइजको रुपमा गोसाईकुन्ड हेलीटुर र सामसुङ ए५२एस स्मार्टफोन पाउन सकिन्छ भने बम्पर प्राइजको रुपमा एक जना भाग्यशाली विजेताको जोडीले बाली भ्रमणको अवसर पाउने छन् ।

स्कुटर किन्ने ग्राहकलाई निःशुल्क हेल्मेट र किरिङ लगायतका विभिन्न एसेसरिज समेत प्रदान गरिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

फागुन १ देखी भेष्पा र अप्रिलिया स्कुटरको मूल्य वढ्ने, यस्तो छ नयाँ मूल्य

फागुन १ देखी भेष्पा र अप्रिलिया स्कुटरको मूल्य वढ्ने, यस्तो छ नयाँ मूल्य

काठमाडौं– फागुन १ गतेवाट लागु हुनेगरी भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य...

काठमाडौंको सडक सुहाउँदो ओकिनावाका ३ इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर्स

काठमाडौंको सडक सुहाउँदो ओकिनावाका ३ इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर्स

भारतमा निर्मित ओकिनावा ब्रान्डको इलेक्ट्रिक स्कुटरले बलियो, मजबुत र...

आयो भेस्पा र अप्रिलिया स्कुटरको मनसुन अफर, ५ हजार नगद र अन्य छुट

आयो भेस्पा र अप्रिलिया स्कुटरको मनसुन अफर, ५ हजार नगद र अन्य छुट

काठमाडौं – भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...