सबै मोडलमा २ हजार रुपैयाँले बढ्यो भेस्पा र अप्रिलिया स्कुटरको मूल्य (नयाँ मूल्य सूचीसहित)

काठमाडौं – नेपाली बजारमा उपलब्ध भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढेकोे छ । नेपालका लागि यी दुई ब्रान्डका स्कुटरको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले सबै मोडलमा २ हजार रुपैयाँको दरले मूल्य बढाएको हो ।

नेपाली बजारमा फरक डिजाइनमा उपलब्ध यी स्कुटर लोकप्रिय समेत छन् । भेस्पाका विभिन्न मोडल मध्ये भेस्पा नट्टे र एलएक्सको मूल्य २ लाख ८५ हजार ९४६ रुपैयाँ पुगेको छ । त्यसैगरी भेस्पा भीएक्सएल १२५ को मूल्य ३ लाख ३५ हजार ९४६ र भीएक्सएल १५० को मूल्य ३ लाख ८७ हजार ९४६ रुपैयाँ छ ।

भेस्पा एसएक्सएल १२५ को मूल्य ३ लाख ४९ हजार ९४६ र एसएक्सएल १५० को मूल्य ४ लाख ३ हजार ९४६ रुपैयाँ छ । एसएक्सएल म्याट १२५ को मूल्य ३ लाख ५१ हजार ९४६ र एसएक्सएल म्याट १५० को मूल्य ४ लाख ५ हजार ९४६ रुपैयाँ छ । त्यसैगरी भेस्पा एलिगेन्टको मूल्य ४ लाख २५ हजार ९४६ रुपैयाँ छ ।

अप्रिलिया स्टोर्म १२५ को मूल्य २ लाख ६५ हजार ९ सय, एसआर १२५ को मूल्य २ लाख ७२ हजार ९ सय, एसआर १५० को मूल्य ३ लाख २१ हजार ४ सय र एसआर १५० को मूल्य ३ लाख ४४ हजार ४ सय रुपैयाँ छ ।

त्यसैगरी अप्रिलिया एसएक्सआर १६० बीएस६ को मूल्य ४ लाख ४६ हजार ९ सय रुपैयाँ छ ।

भेस्पा र अप्रिलिया स्कुटर किन्दा हाल नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफर समेत प्राप्त गर्न सकिन्छ । यस अनुसार स्क्र्याच कार्डमार्फत ७ हजार ५ सय देखि ७५ हजार रुपैयाँ सम्म नगद छुट पाउने सम्भावना हुन्छ ।

विक्ली प्राइजको रुपमा गोसाईकुन्ड हेलीटुर र सामसुङ ए५२एस स्मार्टफोन पाउन सकिन्छ भने बम्पर प्राइजको रुपमा एक जना भाग्यशाली विजेताको जोडीले बाली भ्रमणको अवसर पाउने छन् ।

स्कुटर किन्ने ग्राहकलाई निःशुल्क हेल्मेट र किरिङ लगायतका विभिन्न एसेसरिज समेत प्रदान गरिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न

भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...

भेस्पा र अप्रिलिया स्कुटरले गरे मूल्य बढ्ने संकेत : मनसुन अफरको फाइदा लिन आग्रह

भेस्पा र अप्रिलिया स्कुटरले गरे मूल्य बढ्ने संकेत : मनसुन अफरको फाइदा लिन आग्रह

काठमाडौं – विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटरको मूल्य बढिरहेको समयमा...

भेस्पाको हाल सम्मकै सबैभन्दा पावरफुल स्कुटर सार्वजनिक

भेस्पाको हाल सम्मकै सबैभन्दा पावरफुल स्कुटर सार्वजनिक

टु ह्विल निर्माता कम्पनी पियाजियोले हालै नयाँ स्कुटर भेस्पा जीटीभी स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...