नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
काठमाडौं – भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले नयाँ वर्ष २०७८ को स्किम सार्वजनिक गरेको छ । भेस्पा अप्रिलिया नयाँ वर्षको धमाल योजना राखिएको सो स्किम अन्तर्गत ३ मध्ये आफूलाई मन लागेको कुनै १ विकल्प रोज्न सकिने छ ।
स्किम अन्तर्गत कुनै पनि स्कुटरमा नगद ५ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । त्यसैगरी फाइनान्समार्फत स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि शून्य प्रतिशत ब्याजमा फाइनान्स सुविधा उपलब्ध हुनेछ ।
यी वाहेक आफूसँग भएका कुनै पनि ब्रान्डका पुराना बाइक वा स्कुटरसँग भेस्पा अप्रिलियाका स्कुटर साट्न चाहनेका लागि थप १० हजार रुपैयाँ भ्यालुएसन हुनेछ ।
नयाँ स्कुटर किन्ने ग्राहकलाई हेलमेट र किरिङलगायतका एसेसरिज समेत उपलब्ध हुने बताइएको छ ।
नेपाली बजारमा फरक लुक र पहिचानको रुपमा भेस्पा र अप्रिलिया स्कुटर उपलब्ध छन् । भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने भने अप्रिलियाका चार मोडल एसआर १५०, एसआर १५० रेस, एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ छन् ।
भेस्पाको मूल्य सूची यहाँ र अप्रिलियाको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...