विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको नयाँ सोरुम उदघाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा
नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा...
भेस्पा र अप्रिलियाको नेपालका लागि नयाँ विक्रेता डेल्टा अटोकर्पले स्कुटरको बिक्री शुरु गरेको छ । यसअघिको विक्रेता दुगड समुहसँग आवद्ध केही डिलरलाई आफू मातहत ल्याएर कम्पनीले स्कुटरको बिक्री शुरु गरेको हो । कम्पनीको आफ्नै फ्ल्यागसिप सोरुम भने निर्माण हुने क्रममा रहेको जनाइएको छ ।
डेल्टा अटोकर्पले भेस्पाको ९ र अप्रिलियाको ५ भेरिएन्टको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार प्रत्येक भेरिएन्टमा पुरानो बिक्रेता दुगड समुहले यसअघि बिक्री गर्दै आएको मूल्यमा ५ हजार वृद्धि गरिएको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार अव भेस्पाको सवैभन्दा सस्तो स्कुटर नोट्टे १२५ लाई ३ लाख १ हजार ९४६ रुपैयाँ र महंगो भेरिएन्ट एलिगेन्ट १५० को ४ लाख ४४ हजार ४४६ रुपैयाँ पर्छ । यसअघि यी स्कुटरको मूल्य क्रमश २ लाख ९६ हजार ९४६ र ४ लाख ३९ हजार ४४६ रुपैयाँ निर्धारण गरिएको थियो ।
यसैगरी अप्रिलियाको सस्तो मोडल स्ट्रोम १२५ लाई २ लाख ७८ हजार ९०० र महंगो भेरिएन्ट एसएक्सआर १६० को ४ लाख ६५ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । यी स्कुटरलाई यसअघिको वितरक दुगड समुहले क्रमशः २ लाख ७३ हजार ९०० र ४ लाख ६० हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको थियो ।
यस्तो छ नयाँ मूल्य सूची

नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा...
काठमाडौं – नेपाली बजारमा आगामी बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको...
काठमाडौं– फागुन १ गतेवाट लागु हुनेगरी भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...