रोयल इन्फिल्ड गुमाएको एमभी दुगड समुहसंग छ अझै ७ वटा अटोमोवाइल ब्रान्ड
नेपालको सबैभन्दा पुरानो व्यवसायिक घराना मध्येको एक एमभी दुगड समुह...
गैंडाकोट - नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले गण्डकी प्रदेश नवलपुर जिल्लाको गैंडाकोट-५, जनक क्याम्पस गेट अगाडि नयाँ शोरूम संचालनमा ल्याएको छ। रुबी ब्रदर्स मल्टीपर्पोज प्रालिमार्फत सञ्चालित यो शोरूमले ग्राहकहरूलाई बिक्री, सर्भिस, स्पेयर पार्ट्स, फाइनान्सिङ र एक्सचेन्ज सुविधाहरू उपलब्ध गराउनेछ।
गैंडाकोट क्षेत्रमा भेस्पा र अप्रिलिया स्कुटरको माग बढ्दै गएको कारण कम्पनीले नयाँ डिलरशिप सञ्चालन गर्ने निर्णय गरेको हो। शोरूमको उद्घाटन उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन र उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटा ले संयुक्त रूपमा गरे ।
शोरूम उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष अफर घोषणा गरिएको छ। फागुन र चैत्र महिनाभरि लागू हुने सो अफर अन्तर्गत, स्कुटर खरिद गर्ने ग्राहकहरूले १० हजार रुपैयाँ डिस्काउन्ट पाउनेछन्। पुरानो टु-ह्वीलर साट्न चाहने ग्राहकहरूले उत्कृष्ट मूल्यांकनसहित थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन प्राप्त गर्नेछन्। साथै, हरेक स्कुटर खरिदमा ६ हजार रुपैयाँ बराबरको स्मार्टवाच, भेस्पा अप्रिलिया ब्राण्डेड हेल्मेट र की-रिङ उपहार प्रदान गरिनेछ।
शोरूम उद्घाटनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रुबी ब्रदर्स मल्टीपर्पोजका प्रबन्ध निर्देशक रूपक पौडेलले ग्राहकहरू माझ भेस्पा अप्रिलिया स्कुटरको लोकप्रियता बढ्दै गएको जनाउँदै, गुणस्तरीय सेवा, बिक्री-पश्चात सेवा, स्पेयर पार्ट्स उपलब्धता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ शोरूम उद्घाटनसँगै, गैंडाकोटमा भेस्पा /अप्रिलिया स्कुटरको टेस्ट ड्राइभ क्याम्प समेत सञ्चालन गरिनेछ। चैत्र महिनाभरि परीक्षण सवारी गर्ने ग्राहकहरूले विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
यस नयाँ शोरूमको स्थापनासँगै गैंडाकोट तथा आसपासका ग्राहकहरूलाई भेस्पा /अप्रिलिया स्कुटर सम्बन्धी सम्पूर्ण सेवा एकै स्थानमा प्राप्त हुने विश्वास लिइएको छ।
नेपालको सबैभन्दा पुरानो व्यवसायिक घराना मध्येको एक एमभी दुगड समुह...
भेस्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध...
काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...