नाडा अटो शोबाट भेस्पा र अप्रिलियाका स्कुटर बुक गर्दा ७५ हजारसम्म छुट पाइने
काठमाडौं – भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक...
गैंडाकोट - नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले गण्डकी प्रदेश नवलपुर जिल्लाको गैंडाकोट-५, जनक क्याम्पस गेट अगाडि नयाँ शोरूम संचालनमा ल्याएको छ। रुबी ब्रदर्स मल्टीपर्पोज प्रालिमार्फत सञ्चालित यो शोरूमले ग्राहकहरूलाई बिक्री, सर्भिस, स्पेयर पार्ट्स, फाइनान्सिङ र एक्सचेन्ज सुविधाहरू उपलब्ध गराउनेछ।
गैंडाकोट क्षेत्रमा भेस्पा र अप्रिलिया स्कुटरको माग बढ्दै गएको कारण कम्पनीले नयाँ डिलरशिप सञ्चालन गर्ने निर्णय गरेको हो। शोरूमको उद्घाटन उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन र उद्योग वाणिज्य संघ गैंडाकोटका अध्यक्ष दीपक सापकोटा ले संयुक्त रूपमा गरे ।
शोरूम उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष अफर घोषणा गरिएको छ। फागुन र चैत्र महिनाभरि लागू हुने सो अफर अन्तर्गत, स्कुटर खरिद गर्ने ग्राहकहरूले १० हजार रुपैयाँ डिस्काउन्ट पाउनेछन्। पुरानो टु-ह्वीलर साट्न चाहने ग्राहकहरूले उत्कृष्ट मूल्यांकनसहित थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन प्राप्त गर्नेछन्। साथै, हरेक स्कुटर खरिदमा ६ हजार रुपैयाँ बराबरको स्मार्टवाच, भेस्पा अप्रिलिया ब्राण्डेड हेल्मेट र की-रिङ उपहार प्रदान गरिनेछ।
शोरूम उद्घाटनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रुबी ब्रदर्स मल्टीपर्पोजका प्रबन्ध निर्देशक रूपक पौडेलले ग्राहकहरू माझ भेस्पा अप्रिलिया स्कुटरको लोकप्रियता बढ्दै गएको जनाउँदै, गुणस्तरीय सेवा, बिक्री-पश्चात सेवा, स्पेयर पार्ट्स उपलब्धता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।
नयाँ शोरूम उद्घाटनसँगै, गैंडाकोटमा भेस्पा /अप्रिलिया स्कुटरको टेस्ट ड्राइभ क्याम्प समेत सञ्चालन गरिनेछ। चैत्र महिनाभरि परीक्षण सवारी गर्ने ग्राहकहरूले विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
यस नयाँ शोरूमको स्थापनासँगै गैंडाकोट तथा आसपासका ग्राहकहरूलाई भेस्पा /अप्रिलिया स्कुटर सम्बन्धी सम्पूर्ण सेवा एकै स्थानमा प्राप्त हुने विश्वास लिइएको छ।
काठमाडौं – भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक...
काठमाडौं–भेष्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता...
भेस्पाले मिक्की माउस भेरिएन्ट लन्च गर्नका लागि डिज्नी कम्पनीसँग साझेदारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...