भेस्पा र अप्रिलियाको आधिकारिक वितरक अब भिमसरिया ग्रुप, दुगडबाट खोसियो डिलरसिप
काठमाडौं – नेपाली बजारमा भेस्पा र अप्रिलिया स्कुटर बिक्री–वितरण गरिरहेको...
काठमाडौं —भेस्पा र एप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले यस वर्षको दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी ‘डबल या तेब्बर बबाल’ फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
नेपालीहरूको महान पर्वलाई अझ रोचक र उत्साहपूर्ण बनाउन ल्याइएको यो अफर अन्तर्गत, भेस्पा र एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको क्यूआर कोड स्क्यान गरी स्क्र्याचमार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिने छ ।
यस अफर अन्तर्गत, हरेक हप्ताको लक्की ड्र मार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउने छन् । त्यतिमात्र नभई, अफरको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले १० लाख नगद जित्ने विशेष अवसर पनि प्राप्त गर्ने छन् ।
त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार मूल्याङ्कन प्राप्त गर्न सकिने छ । साथै, स्क्र्याच कार्डमार्फत बजार मूल्याङ्कन भन्दा थप १ लाख ५० हजारसम्म पाउन सकिने छ । फाइनान्स सुविधाहरू पनि उत्तिकै आकर्षक रहेको कम्पनीले जनाएको छ । जसमा, ४.९९ प्रतिशतमात्र ब्याज दरमा ईएमआई सुविधा, शून्य सेवा शुल्क सहित उपलब्ध हुनेछ । यो अफर नेपालभरका सबै आधिकारिक भेस्पा र एप्रिलिया शोरूमहरूमा उपलब्ध हुने कम्पनीको भनाई छ ।
योजनाबारे बोल्दै डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, ‘डेल्टा अटोकर्प सधैं आफ्ना ग्राहकहरूका लागि आकर्षक र फाइदाजनक योजना ल्याउन प्रतिबद्ध छ । यस वर्ष दशैं, तिहार र छठ पर्वको उल्लासलाई अझ रोचक बनाउन हामीले ‘डबल या ट्रिपल बबाल’ अफर सार्वजनिक गरेका छौं । हामी विश्वास गर्छौं, यो अफरले ग्राहकहरूको उत्सवलाई थप विशेष बनाउनेछ र उनीहरूले यस योजनाबाट भरपुर लाभ लिन सक्नेछन् ।’
काठमाडौं – नेपाली बजारमा भेस्पा र अप्रिलिया स्कुटर बिक्री–वितरण गरिरहेको...
भारतमा निर्मित ओकिनावा ब्रान्डको इलेक्ट्रिक स्कुटरले बलियो, मजबुत र...
भेस्पाले मिक्की माउस भेरिएन्ट लन्च गर्नका लागि डिज्नी कम्पनीसँग साझेदारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...