अपडेट फिचरसहित आए नयाँ स्कुटर अप्रिलिया एसआर १२५ र एसआर १६०
नयाँ अपडेटसहित २०२२ एसआर १२५ र एसआर १६० स्कुटर भारतमा लन्च गरिएको छ । जसको...
काठमाडौं - नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरकाे आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘अपग्रेड टु प्रिमियम’नामक विशेष एक्सचेन्ज अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो दुईपांग्रे सवारी साधन ल्याएर नयाँ भेस्पा वा अप्रिलिया स्कुटरसँग सटही गर्दा १५ हजार रुपैयाँ सम्मको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो अफर वैशाख १७ गतेदेखि २३ गतेसम्म लागू हुनेछ र देशभरिका भेस्पा तथा अप्रिलिया शोरूमहरूबाट उपलब्ध हुनेछ। डेल्टाले यो अफरमार्फत नेपाली उपभोक्तालाई गुणस्तरीय र विश्वसनीय स्कुटरमा सजिलो अपग्रेडको अवसर प्रदान गर्ने उद्देश्य लिएको छ।
यस अफरमा सहभागी हुने ग्राहकहरूले एक्सचेन्ज मूल्यांकन बाहेक पनि थुप्रै थप सुविधा प्राप्त गर्नेछन्। नगद खरिदमा १० हजार रुपैयाँको छुट, साथमा हेल्मेट, स्कुटर कभर र फुट म्याट जस्ता निःशुल्क एसेसरिज प्रदान गरिनेछ।
साथै, अफर अवधिभर ग्राहकहरूले ४.९९ प्रतिशत ब्याजदरबाट सुरु हुने मासिक किस्ताको योजना मार्फत स्कुटर किन्न सक्ने सुविधा पाउनेछन्। कम्पनीका अनुसार यो ब्याजदर हालको बजारमा उपलब्ध सबैभन्दा कम दरहरूमध्ये एक हो, जसले ग्राहकलाई वित्तीय रूपमा सहज बनाउनेछ।
डेल्टाले अफर अवधिभर विभिन्न उपहारसहितका टेस्ट ड्राइभ कार्यक्रमहरू समेत सञ्चालन गर्ने जानकारी दिएको छ। ग्राहकहरूले शोरूममा गएर स्कुटर परीक्षण मात्र गरे पनि आकर्षक गिफ्ट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
नयाँ अपडेटसहित २०२२ एसआर १२५ र एसआर १६० स्कुटर भारतमा लन्च गरिएको छ । जसको...
इटालियन कम्पनी पियाजियोले नयाँ स्कुटर अप्रिलिया एसएक्सआर १२५ को लागि...
काठमाडौं – भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...