भेस्पा र अप्रिलियाको ‘अपग्रेड टु प्रिमियम’ अफर सार्वजनिक

काठमाडौं - नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरकाे आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ‘अपग्रेड टु प्रिमियम’नामक विशेष एक्सचेन्ज अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत ग्राहकहरूले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो दुईपांग्रे सवारी साधन ल्याएर नयाँ भेस्पा वा अप्रिलिया स्कुटरसँग सटही गर्दा १५ हजार रुपैयाँ सम्मको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो अफर वैशाख १७ गतेदेखि २३ गतेसम्म लागू हुनेछ र देशभरिका भेस्पा तथा अप्रिलिया शोरूमहरूबाट उपलब्ध हुनेछ। डेल्टाले यो अफरमार्फत नेपाली उपभोक्तालाई गुणस्तरीय र विश्वसनीय स्कुटरमा सजिलो अपग्रेडको अवसर प्रदान गर्ने उद्देश्य लिएको छ।

यस अफरमा सहभागी हुने ग्राहकहरूले एक्सचेन्ज मूल्यांकन बाहेक पनि थुप्रै थप सुविधा प्राप्त गर्नेछन्। नगद खरिदमा १० हजार रुपैयाँको छुट, साथमा हेल्मेट, स्कुटर कभर र फुट म्याट जस्ता निःशुल्क एसेसरिज प्रदान गरिनेछ।

साथै, अफर अवधिभर ग्राहकहरूले ४.९९ प्रतिशत ब्याजदरबाट सुरु हुने मासिक किस्ताको योजना मार्फत स्कुटर किन्न सक्ने सुविधा पाउनेछन्। कम्पनीका अनुसार यो ब्याजदर हालको बजारमा उपलब्ध सबैभन्दा कम दरहरूमध्ये एक हो, जसले ग्राहकलाई वित्तीय रूपमा सहज बनाउनेछ।

डेल्टाले अफर अवधिभर विभिन्न उपहारसहितका टेस्ट ड्राइभ कार्यक्रमहरू समेत सञ्चालन गर्ने जानकारी दिएको छ। ग्राहकहरूले शोरूममा गएर स्कुटर परीक्षण मात्र गरे पनि आकर्षक गिफ्ट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचारहरू

भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर

भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर

पियाजियोले भारतमा ७५ वर्ष पुरा गरेको अवसरमा भेस्पा ७५औं एनिभर्सरी एडिसन...

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ...

भेस्पा अप्रिलिया स्कुटर किन्दा १० हजार छुट, एक्सचेन्जमा १० हजार थप भ्यालुएसन

भेस्पा अप्रिलिया स्कुटर किन्दा १० हजार छुट, एक्सचेन्जमा १० हजार थप भ्यालुएसन

काठमाडौं – नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक दुगड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...