चिसो विन्टर, तातो अफर : भेस्पा र अप्रिलिया स्कुटर किन्दा यस्ताे हुनेछ फाइदा

काठमाडौं - भेस्पा र अप्रिलिया स्कुटरकाे नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले प्रिमियम इटालियन जाडो मौसमलाई लक्षित गरी “चिसो विन्टर, तातो अफर” नामक विशेष योजना सार्वजनिक गरेकाे छ। यस अफर अन्तर्गत, भेस्पा वा अप्रिलिया स्कुटरको खरिदमा ग्राहकले ७,५०० रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक छनोट गर्न सक्नेछन्।

मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस र लेभर चार्ज समावेश गरिएको छ। यस योजनाले जाडो मौसममा ग्राहकहरूको खरिदलाई थप उत्साहजनक र लाभदायी बनाउने विश्वास कम्पनीले लिएको छ ।

यस स्किममा आकर्षक एक्सचेन्ज लाभ पनि समावेश छ, जसमा कुनै पनि दुई–पाङ्ग्रे ब्राण्डको स्कुटरमा १०,००० रुपैयाँ सम्म थप मूल्यांकन र एक्सचेन्जमा न्यूनतम ४०,००० रुपैयाँको ग्यारेन्टीड मूल्यांकन प्रदान गरिने छ ।

खरिद अझ पहुँचयोग्य बनाउनका लागि, डेल्टा अटोकर्पले केवल ४.९९% ब्याजदरमा फाइनान्स सुविधा र ०% सर्भिस चार्जको सुविधा प्रदान गर्दैछ । थप, अफर अवधिभर हरेक स्कुटर खरिदमा निःशुल्क ब्रान्डेड हेलमेट र स्कुटर कभर प्रदान गरिनेछ ।

“जाडोको मौसममा न्यानो खुसी बाँड्दै हामीले ’चिसो विन्टर, तातो अफर’ सार्वजनिक गरेका छौँ। प्रिमियम स्कुटर खरिदमा उल्लेखनीय बचत र भरपुर सुविधा पाउने यो नै सुनौलो समय हो। गुणस्तरीय सवारी साधनलाई सहज र किफायती मूल्यमा उपलब्ध गराउने डेल्टा अटोकर्पको प्रतिबद्धतालाई यस अभियानले नयाँ उचाइ दिनेछ,“ डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतोले बताए ।

‘चिसो विन्टर, तातो अफर’ २०८२ पौष ९ गते देखि २०८२ फागुन ८ (२०२५ डिसेम्बर २४ देखि २०२६ फेब्रुअरी २०) गते सम्म सम्पूर्ण भेस्पा र अप्रिलिया शोरूमहरूमा लागु हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...