अप्रिलिया स्कुटरको राइड कार्यक्रम सम्पन्न, राइडरले मन पराए स्कुटरको पर्फमेन्स
काठमाडौं – अप्रिलिया एसआर १६० को बीएस ६ भर्सन स्कुटरको राइड कार्यक्रम...
नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका वडा नं ३ बरगाँछीमा गौरव अटो सेन्टर मार्फत भेस्पा र अप्रिलियाको नयाँ शोरुम संचालनमा ल्याएको छ ।
विराटनगर क्षेत्रमा बढदै गएको भेस्पा र अप्रिलिया स्कुटरको मागलाई मध्यनजर गरी नयाँ डिलरसिप सुरु गरिएको कम्पनीले जनाएको छ । गौरव अटो सेन्टरका प्रोप्राइटर गौरव सिंह, रुपेश कोइराला र विनय राठीले संयुक्त रुपमा नयाँ शोरुमको उदघाटन गरे ।
विराटनगरको बरगाछीँमा अवस्थित गौरव अटो सेन्टरको सो भेस्पा र अप्रिलिया स्कुटरको डिलरबाट ग्राहकले विश्वस्तरीय भेस्पा र अप्रिलिया स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्ट्सका साथै एक्सचेन्ज तथा अन स्पट फाइनान्सिङको सुबिधा समेत प्राप्त गर्नेछन् ।
शोरुमको शुभारम्भ गर्दै गौरव सिंहले ग्राहकहरु माझ बढ्दै गएको भेस्पा र अप्रिलियाको लोकप्रियतालाई मध्यनजर गर्दै विराटनगरमा नयाँ शोरुम सोरुम खोल्न पाउँदा अत्यन्तै उत्साहित भएको र ग्राहकहरुको बढ्दो मागलाई सम्बोधन गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न गौरव अटो सेन्टर प्रतिबद्ध रहेको जानकारी गराए ।
सोरुम उदघाटनको अवसरमा फागुन महिनाभरी बिराटनगर शोरुममा शोरुम ओपेनिङ अफर सञ्चालन गरिएको छ । सो अफर अन्तर्गत ग्राहक एवम् उपभोक्ताहरूले भेस्पा र अप्रिलिया स्कुटर बुक तथा खरिद गर्ने ग्राहकहरूले १० हजार रुपैयाँ क्यास डिस्काउन्ट प्राप्त गर्नेछन् । यसका साथै, एक्सचेन्ज गर्ने ग्राहकहरूले आफ्नो पुरानो टु ह्विलरको उत्कृष्ट एक्सचेन्ज भ्यालुसँगै थप १० हजार अतिरिक्त भ्यालुएसन पाउन सक्नेछन् ।
यसका साथै हरेक स्कुटरको खरिदमा भेस्पा र अप्रिलियाको ब्रान्डेड हेल्मेट तथा किरिङ प्राप्त गर्नेछन् । फागुन महिना भरिमै टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले विशेष गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।
काठमाडौं – अप्रिलिया एसआर १६० को बीएस ६ भर्सन स्कुटरको राइड कार्यक्रम...
काठमाडौं – भेस्पा र अप्रिलियाको नयाँ आधिकारिक वितरक नियुक्त भए पश्चात...
प्रिमियम सेग्मेन्टका मोटरसाइकल र स्कुटर उत्पादनमा इटाली विश्वभर चर्चित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...