फागुन १ देखी भेष्पा र अप्रिलिया स्कुटरको मूल्य वढ्ने, यस्तो छ नयाँ मूल्य

काठमाडौं– फागुन १ गतेवाट लागु हुनेगरी भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य वढ्ने भएको छ । आधिकारिक विक्रेता एमभी दुगड ग्रुपले यसवारे जानकारी दिँदै नयाँ मूल्य सुची समेत सार्वजनिक गरिसकेको छ । कम्पनीका अनुसार यी स्कुटरमा २ हजारदेखी ६ हजार ५०० रुपैयाँसम्मले मूल्य बृद्धि गर्न लागिएको हो । सो मितीबाट स्कुटरको मूल्य वृद्धि हुन लागेको जानकारी दिँदै कम्पनीले पुरानै मूल्यमा किन्न चाहने ग्राहकलाई यथासिघ्र यी व्राण्डको स्कुटर खरिद गर्न आह्वान समेत गरेको छ ।

एमभी दुगडले भेष्पा ब्राण्डको सवैभन्दा सस्तो स्कुटर नोट्टे र एलएक्समा ५ हजार रुपैयाँ वृद्धि गरी २ लाख ९६ हजार ९४६ पुग्ने जानकारी दिएको छ भने १२५ सीसीका अन्य स्कुटर भिएक्सएल, एसएक्सएल, र एसएक्सएल मेटमा पनि ५ हजार रुपैयाँका दरले बृद्धि गर्न लागेको हो । यी स्कुटरको नयाँ मूल्य क्रमश ३ लाख ४६ हजार ९४६, ३ लाख ६० हजार ९४६ र ३ लाख ६२ जार ९४६ कायम गरिएको छ ।

यसैगरी १५० सिसी सेग्ेमन्टमा उपलब्ध भिएक्सएलको नयाँ मूल्य ४ लाख लाख १ हजार ९४६ रुपैँया कायम गरिएको छ । यसअघि यो स्कुटरको मूल्य ३ लाख ९५ हजार ४४६ रुपैयाँ निर्धारण गरिएको थियो । यसअघि ४ लाख ११ हजार ४४६, ४ लाख १३ हजार ४४६ र ४ लाख ३३ हजार ४४६ रुपैयाँमा विक्री हुँदै आएका एसएक्सल १५०, एसएक्सएल १५० मेट र एलिगेन्टे १५० को नयाँ मूल्य क्रमश ४ लाख १७ हजार ४४६, ४ लाख १९ हजार ४४६ र ४ लाख ३९ हजार ४४६ रुपैयाँ कायम गरिएको छ ।

अप्रिलिया १२५ स्ट्रोम, एसआर १२५, एसआर १५०, एसआर १५० रेस र एसएक्सआर १६० को नयाँ मूल्य क्रमश २ लाख ७३ हजार ९००, २ लाख ८३ हजार ९००, ३ लाख ३४ हजार ९००, ३ लाख ५७ हजार ९०० र ४ लाख ६० हजार ४०० निर्धारण गरिएको छ । यसअघि यी स्कुटरको मूल्य क्रमश २ लाख ७१ हजार ९००, २ लाख ७८ हजार ९००, ३ लाख २८ हजार ९००, ३ लाख ५१ हजार ९०० र ४ लाख ५४ हजार ९०० रुपैयाँ कायम गरिएको थियो ।

सम्बन्धित समाचारहरू

भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर

भारतमा ७५ वर्ष पुरा भएको अवसरमा आयो भेस्पाको यस्तो विशेष स्कुटर

पियाजियोले भारतमा ७५ वर्ष पुरा गरेको अवसरमा भेस्पा ७५औं एनिभर्सरी एडिसन...

भेस्पाको हन्ड्रेड कस्टमर रिक्रियसन राइड सम्पन्न

भेस्पाको हन्ड्रेड कस्टमर रिक्रियसन राइड सम्पन्न

काठमाडौं – नेपालमा भेस्पाका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स...

अपडेट भएर आयो भेस्पा १२५, थपिए यी फिचर

अपडेट भएर आयो भेस्पा १२५, थपिए यी फिचर

भेस्पाले आफ्नो १२५ सीसी स्कुटरको सम्पूर्ण रेन्जलाई अपडेट गरेको छ । बेस, एस,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...