फागुन १ देखी भेष्पा र अप्रिलिया स्कुटरको मूल्य वढ्ने, यस्तो छ नयाँ मूल्य

काठमाडौं– फागुन १ गतेवाट लागु हुनेगरी भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य वढ्ने भएको छ । आधिकारिक विक्रेता एमभी दुगड ग्रुपले यसवारे जानकारी दिँदै नयाँ मूल्य सुची समेत सार्वजनिक गरिसकेको छ । कम्पनीका अनुसार यी स्कुटरमा २ हजारदेखी ६ हजार ५०० रुपैयाँसम्मले मूल्य बृद्धि गर्न लागिएको हो । सो मितीबाट स्कुटरको मूल्य वृद्धि हुन लागेको जानकारी दिँदै कम्पनीले पुरानै मूल्यमा किन्न चाहने ग्राहकलाई यथासिघ्र यी व्राण्डको स्कुटर खरिद गर्न आह्वान समेत गरेको छ ।

एमभी दुगडले भेष्पा ब्राण्डको सवैभन्दा सस्तो स्कुटर नोट्टे र एलएक्समा ५ हजार रुपैयाँ वृद्धि गरी २ लाख ९६ हजार ९४६ पुग्ने जानकारी दिएको छ भने १२५ सीसीका अन्य स्कुटर भिएक्सएल, एसएक्सएल, र एसएक्सएल मेटमा पनि ५ हजार रुपैयाँका दरले बृद्धि गर्न लागेको हो । यी स्कुटरको नयाँ मूल्य क्रमश ३ लाख ४६ हजार ९४६, ३ लाख ६० हजार ९४६ र ३ लाख ६२ जार ९४६ कायम गरिएको छ ।

यसैगरी १५० सिसी सेग्ेमन्टमा उपलब्ध भिएक्सएलको नयाँ मूल्य ४ लाख लाख १ हजार ९४६ रुपैँया कायम गरिएको छ । यसअघि यो स्कुटरको मूल्य ३ लाख ९५ हजार ४४६ रुपैयाँ निर्धारण गरिएको थियो । यसअघि ४ लाख ११ हजार ४४६, ४ लाख १३ हजार ४४६ र ४ लाख ३३ हजार ४४६ रुपैयाँमा विक्री हुँदै आएका एसएक्सल १५०, एसएक्सएल १५० मेट र एलिगेन्टे १५० को नयाँ मूल्य क्रमश ४ लाख १७ हजार ४४६, ४ लाख १९ हजार ४४६ र ४ लाख ३९ हजार ४४६ रुपैयाँ कायम गरिएको छ ।

अप्रिलिया १२५ स्ट्रोम, एसआर १२५, एसआर १५०, एसआर १५० रेस र एसएक्सआर १६० को नयाँ मूल्य क्रमश २ लाख ७३ हजार ९००, २ लाख ८३ हजार ९००, ३ लाख ३४ हजार ९००, ३ लाख ५७ हजार ९०० र ४ लाख ६० हजार ४०० निर्धारण गरिएको छ । यसअघि यी स्कुटरको मूल्य क्रमश २ लाख ७१ हजार ९००, २ लाख ७८ हजार ९००, ३ लाख २८ हजार ९००, ३ लाख ५१ हजार ९०० र ४ लाख ५४ हजार ९०० रुपैयाँ कायम गरिएको थियो ।

सम्बन्धित समाचारहरू

डिज्नीको एनिभर्सरीमा भेस्पाको कमाल, ल्यायो मिक्की माउस भेरिएन्ट

डिज्नीको एनिभर्सरीमा भेस्पाको कमाल, ल्यायो मिक्की माउस भेरिएन्ट

भेस्पाले मिक्की माउस भेरिएन्ट लन्च गर्नका लागि डिज्नी कम्पनीसँग साझेदारी...

स्पोर्टी लुक र नयाँ फिचर सहित नयाँ अप्रिलिया एसआर १६० लन्च हुने

स्पोर्टी लुक र नयाँ फिचर सहित नयाँ अप्रिलिया एसआर १६० लन्च हुने

अप्रिलियाको नयाँ एसआर १६० स्कुटर भारतीय बजारमा लन्च हुँदैछ । कम्पनीले...

भेस्पा र अप्रिलियाको ‘अपग्रेड टु प्रिमियम’ अफर सार्वजनिक

भेस्पा र अप्रिलियाको ‘अपग्रेड टु प्रिमियम’ अफर सार्वजनिक

काठमाडौं – नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरकाे आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...