हाइग्राउन्ड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क
पोखरा – सन् २०१० देखि सञ्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको...
इलेक्ट्रिक गाडीको ब्याट्री चार्ज बाटैमा सकियो भने पनि अब समाधान हुने भएको छ । हुन्डाई, किया र फोर्डले कुनै अर्को इलेक्ट्रिक गाडीको ब्याट्रीबाट चार्ज सकिएको गाडीको ब्याट्री चार्ज गर्न सकिने प्रविधिको विकास गरेका छन् ।
अर्को गाडीको ब्याट्री पावरलाई प्रयोग गरेर केही दुरी सम्म गुड्न सकिने बनाउन सकिन्छ । यी गाडीमार्फत एक घण्टा जति चार्ज गर्दा चार्ज सकिएको गाडीलाई मोडल अनुसार १० देखि ३० किलोमिटर सम्म गुडाउन सकिने छ । त्यसपछि चार्जिङ स्टेशनमै चार्ज गरेर गन्तव्यमा पुग्न सहज हुनेछ ।
हाल पेट्रोलियम गाडीहरुलाई गुडाउनका लागि कुनै बोतलमा भएको इन्धन प्रयोग गरे जस्तै यो नयाँ प्रविधिलाई इलेक्ट्रिक कार चार्जिङका लागि प्रयोग गर्न सकिन्छ ।
इलेक्ट्रिक कार निर्माता कम्पनीहरुले यस प्रकारको भेइकल टु भेइकल चार्जिङ धेरै प्रचलित नभए पनि यस प्रकारको नयाँ प्रविधिले धेरै राहत दिने बताएका छन् ।
हुन्डाई आयोनिक ५ र किया ईभी६ ले अर्को इलेक्ट्रिक कार वा ल्यापटप र फुड मिक्सरलाई चार्ज गर्न सक्ने बताइएको छ । यी दुवै कारको चार्जिङ रेट २.६ किलोवाट छ, जुन हाउसहोल्ड सकेटमा भएको २.३ किलोवाट भन्दा ५० प्रतिशत फास्ट चार्जिङ पावर हो ।
फोर्ड एफ–१५० लाइटनिङ पिकअपले राम्रो खालको एडेप्टर प्रयोग गरेमा ७.२ वा ९.६ किलोवाटको दरमा अन्य गाडीको ब्याट्रीलाई रिचार्ज गर्न सक्छ र यसबाट ३० किलोमिटर सम्मको दुरी पार गर्न सकिन्छ ।
यस प्रकारको नयाँ प्रविधि विकसित भएको वारेमा विज्ञप्ति जारी गर्दै फोर्डले ‘मोबाइल फोन र इन्टरनेटले हाम्रो जीवनको मार्ग परिवर्तन गरे जस्तै यस्ता नयाँ फिचर र सर्भिसमार्फत इलेक्ट्रिक भेइकलले समेत मार्ग परिवर्तन गर्ने’ बताएको छ ।
पोखरा – सन् २०१० देखि सञ्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको...
विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन् । र, अब मनसुन पनि सुरु भइसकेको...
भारतीय कार निर्माता कम्पनी टाटा मोटर्सले लोकप्रिय इलेक्ट्रिक कार नेक्सन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...