नयाँ राइड सेयरिङ प्लेटफर्म जुमजुम सञ्चालनमा, शुरुमा चालक र यात्रु दुवैलाई धेरै सुविधा
काठमाडौं – नयाँ राइड सेयरिङ प्लेटफर्म “जुमजुम” औपचारिक रुपमा सञ्चालनमा...
प्रदेश नम्बर १ मा विभिन्न सवारी साधनको लागि विभिन्न दरको कर तिर्नु पर्ने व्यवस्था छ । यहाँ दर्ता भएका सवारी साधनले त्यसै अनुसार कर तिर्नु पर्ने व्यवस्था गरिएको हो ।
सो प्रदेशमा १२५ सीसीसम्मको मोटरसाइकल तथा स्कुटरको लागि २८००, १२६ देखि २५० सीसीसम्मको लागि ४५००, २५१ सीसीदेखि ४०० सीसीसम्मको लागि ५००० र ४०१ सीसीभन्दा माथि १६ हजार ५०० रुपैयाँ रहेको छ।
यसैगरी चारपांग्रे कार, जिप, भ्यान र माइक्रोबस १००० सीसीसम्मको २१ हजार, १००१ सीसीदेखि १५०० सीसीसम्म २३ हजार र १५०१ सीसीदेखि २००० सीसीसम्म ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्छ। यस्तै २००१ सीसीदेखि २५०० सीसीसम्म ३५ हजार ५००, २५०१ सीसीदेखि २९०० सीसीसम्म ४१ हजार र २९०१ सीसीदेखि माथि ५८ हजार ५०० रुपैयाँ कर तिर्नुपर्छ।
त्यसैगरी डोजर, एस्काभेटर, लोडर, रोलर, टिपर, क्रेनजस्ता सवारीसाधनमा वार्षिक सवारी कर ३८ हजार ५०० रुपैयाँ तोकेको छ। साथै, मिनी टिपरको २७ हजार ५००, ट्याक्टरको ४५००, मिनीट्रक÷मिनीबसको २४ हजार ५०० र ट्रक/बसको ३३ हजार रुपैयाँ तोकिएको छ।
भाडाका सवारीमा भने फरक करको दर कायम गरिएको छ। भाडाका कार, जिप, भ्यानमा १३०० सीसीसम्मका ८५ सय, १३०१–२००० सीसीसम्मका लागि ९५००, २००१–२९०० सीसीसम्मका लागि ११ हजार ५००, २९०१–४००० सीसीसम्मका लागि १३ हजार ५०० र सोभन्दा माथिका लागि १६ हजार ५०० रुपैयाँ सवारी कर निर्धारण गरिएको छ।
भाडाका डोजर, एस्काभेटर, लोडर, रोलर, टिपर, क्रेनजस्ता सवारीसाधनमा वार्षिक सवारी कर १८ हजार रुपैयाँ तोकेको छ। साथै ट्याक्टरको २७ सय, मिनीट्रक/मिनीबसको १२ हजार पाँच सय र ट्रक÷बसको १७ हजार रुपैयाँ तथा मिनी टिपरका लागि १५ हजार रुपैयाँ तोकिएको छ।
काठमाडौं – नयाँ राइड सेयरिङ प्लेटफर्म “जुमजुम” औपचारिक रुपमा सञ्चालनमा...
काठमाडौँ–ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका...
कोटेश्वरबाट शनिवार राति एकजना पठाओ राइडर अपहरित भएको भन्ने खवर केही...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...