गण्डकी प्रदेशले तोक्यो सवारीको आयु, निजीको २५ र विद्युतिय सार्बजनिकको ३० वर्ष

गण्डकी प्रदेशमा निजी सवारी साधनको आयु २५ वर्ष मात्र तोकिएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० ले निजी सवारी साधनको आयु २५ वर्ष मात्र तोकेको हो ।

यसअघि नियमावली जारी नहुँदा विसं २०७६ मा बनेको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा आएको थिएन । तर नियमावली जारी भएसँगै ऐन कार्यान्वयनमा आउने भएको छ ।

नेपालमा सार्वजनिक यातायातका सवारी साधनको आयु तोकिए पनि निजी सवारी साधनको आयु यसअघि तोकिएको थिएन । नेपालमा सार्वजनिक यातायातका सवारी साधनको आयु २० वर्ष तोकिएको छ । तर यसको कार्यान्वयन नभइरहेका बेला गण्डकी प्रदेशले निजी सवारी साधनको पनि आयु तोकेको हो ।

सार्वजनिक सवारीसाधनको २० वर्षमै पत्रु कायम गरेर लगतकट्टा गर्नुपर्ने व्यवस्था राख्ने तर निजी सवारीसाधन जति वर्ष पनि चलाउन पाउने व्यवस्था असमान देखिएकाले निजी सवारी साधनको पनि आयु तोकिएको मन्त्रालय स्रोतको भनाई छ ।

नियमावलीमा विद्युतीय सार्वजनिक सवारी साधनको आयु भने ३० वर्ष तोकिएको छ । नियमावलीमा भनिएको छ, ‘विद्युतीय सार्वजनिक सवारी साधनको आयु ३० वर्ष तोकिएको र त्यसपछि पत्रु कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।’

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...