जेनजी आन्दोलनमा क्षति भएको मोटर बीमा दाबीको कति भयो भुक्तानी ? यस्तो छ समग्र अवस्था

काठमाडौं - गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा ३ हजार ३१६ वटा बीमा दाबी परेको छ । २३ अर्ब ४७ करोड दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी ५ अर्ब ४८ करोड २५ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिएको छ ।

यस अनुसार बीमा प्राधिकरणका अनुसार मोटर बीमातर्फ कुल २ हजार ३२१ वटा बीमा दाबी परेको थियो । मोटर बीमातर्फ रकमको आधारमा ३ अर्ब ४६ करोड १६ लाखमध्ये १ अर्ब ३९ करोड २५ लाख भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको रकम १९ अर्ब ५ करोड रहेको छ । जसमा हालसम्म ३ अर्ब ९३ करोड ५९ लाख भुक्तानी गरिएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिब ५५ करोड ३९ लाख दाबी रकममध्ये ८ करोड ३६ लाख, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको  १ करोड ६९ लाख दाबी रकममध्ये १ करोड ५५ लाख र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको ३८ करोड ४० लाख दाबी रकममध्ये  ५ करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल ३ अर्ब २ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम १६ अर्ब ६२ करोड ६६ लाख रहेको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचारहरू

एआई चिपको बढ्दो मागले सामसुङलाई फाइदा, बीवाईडीदेखि गुगलसम्म नयाँ साझेदारको खोजीमा

एआई चिपको बढ्दो मागले सामसुङलाई फाइदा, बीवाईडीदेखि गुगलसम्म नयाँ साझेदारको खोजीमा

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विस्तारसँगै विश्वव्यापी रूपमा...

कारमा स्पार्क प्लग बिग्रिएको कसरी थाहा पाउने ? स्पार्क प्लग किन आवश्यक छ ?

कारमा स्पार्क प्लग बिग्रिएको कसरी थाहा पाउने ? स्पार्क प्लग किन आवश्यक छ ?

समयमै कार सर्भिसिङ गर्दा धेरै समस्याबाट बच्न सकिन्छ । कारमा सबैभनदा...

नेपालकै कम्पनीले ल्यायो पहिलो पटक डबल भाइजर सहित विभिन्न मोडलका हेल्मेट

नेपालकै कम्पनीले ल्यायो पहिलो पटक डबल भाइजर सहित विभिन्न मोडलका हेल्मेट

काठमाडौं – रुपन्देहीको देवदहमा अवस्थित मयुर स्टिल इन्डष्ट्रिजले यति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...