एक्सपेङ एक्स९ मा गम्भिर प्राविधिक त्रुटि, ३३ हजार गाडी फिर्ता बोलाइने
काठमाडौं–चिनियाँ ईभी निर्माता एक्सपेङले आफ्नो फ्ल्यागशिप एमपीभी एक्स९...
काठमाडौं–गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको सवारी साधन बजारमा उल्लेखनीय उतारचढाव देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा नेपालमा करिब ३० अर्ब रुपैयाँ बराबरका चारपाङ्ग्रे र ३६ अर्ब रुपैयाँ बराबरका दुईपाङ्ग्रे सवारीसाधन भित्रिएका छन् ।
पछिल्ला केही वर्षयता निरन्तर तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) को आयातमा यस वर्ष उल्लेख्य गिरावट आएको छ भने इन्धनबाट चल्ने सवारीको आयातमा वृद्धि भएको छ ।
विभागको तथ्याङ्क अनुसार गत वर्ष कुल १५ हजार ८०६ युनिट कार, जीप र भ्यान आयात भएका छन् । अघिल्लो आर्थिक वर्षको १७ हजार ७२० युनिटको तुलनामा यो १०.८० प्रतिशत अथवा १ हजार ९१४ युनिटले कम हो ।
यी चारपाङ्ग्रे सवारी आयातबाट सरकारले २६ अर्ब ६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा समग्र चारपाङ्ग्रे सवारीको आयात घट्नुमा मुख्य गरी विद्युतीय कारको आयातमा आएको गिरावट प्रमुख कारण रहेको छ । विद्युतीय कार, जीप र भ्यानको आयात अघिल्लो वर्षको तुलनामा २०.११ प्रतिशतले घटेको छ ।
गत वर्ष २५ अर्ब ५६ करोड रुपैयाँ बराबरका १० हजार ८४७ युनिट ईभी नेपाल भित्रिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा २ हजार ७३१ युनिट कम हो ।
नेपालमा भित्रिने ईभीमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाट क्षमताका सवारी साधन रहेका छन् । देशगत आधारमा हेर्दा चीनबाट सबैभन्दा बढी ७ हजार ६४८ युनिट ईभी आयात भएका छन् भने दोस्रोमा भारतबाट २ हजार ३३९ युनिट र तेस्रोमा थाइल्यान्डबाट ८२४ युनिट भित्रिएका छन् । यस बाहेक व्यावसायिक प्रयोगका लागि ३ हजार २९१ युनिट कमर्सियल ईभी पनि आयात भएका छन् ।
ईभीको आयात घट्दा पेट्रोलबाट चल्ने कारको आयात भने १९.७२ प्रतिशतले बढेको छ । गत वर्ष ४ अर्ब ६८ करोड रुपैयाँ बराबरका ४ हजार ९५९ युनिट पेट्रोल कार भित्रिएका छन्, जसबाट १० अर्ब ५८ करोड रुपैयाँ राजस्व उठेको छ ।
पेट्रोल कार आयातमा हुन्डाई ब्रान्डको वर्चस्व देखिएको छ । आयातित कुल पेट्रोल कारमध्ये २ हजार २८० युनिट अनएसेम्बल अवस्थामा भित्रिएका हुन्, जुन नेपालमै हुन्डाईले एसेम्बल गर्दै आएको छ ।
उता दुईपाङ्ग्रे सवारीतर्फ भने आयात ३० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा कुल २ लाख ७६ हजार ७६९ युनिट मोटरसाइकल र स्कुटर भित्रिएका छन्, जसको कुल मूल्य ३६ अर्ब १ करोड रुपैयाँ रहेको छ ।
दुईपाङ्ग्रे सवारीको आयातबाट सरकारले ३२ अर्ब ९७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कुल भित्रिएका दुईपाङ्ग्रे सवारीमध्ये ८२.१६ प्रतिशत अर्थात् २ लाख २७ हजार ८३४ युनिट अनएसेम्बल अवस्थामा भित्रिएका हुन्, जसलाई नेपालमै सञ्चालित विभिन्न एसेम्बल उद्योगहरूले तयार पारेर बिक्री वितरण गर्दै आएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...